AArya
RUMPUM
animated ellipse animated ellipse

भुल सडक नाटक पर्दशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७३, मंगलवार १८:२३
3
Shares
२१ मंसिर, विराटनगर /लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मंगलबार टंकी सिनवाारी मुहर वस्तीमा सडक नाटक देखाईएको छ ।
सिवीन हेल्प लाइन् तथा ओरेक नेपालको आयोजना तथा जिल्ला युवा सञ्जाल मोरङको सहकार्यमा बाल हिसां अन्त्य गरौ भन्ने नारा सहित भुल शिर्षक नाम नाटक देखाइएइको थियो ।
घर शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागी लैङ्गि हिसां रहित समाज भन्ने यस पालीको नारा तय गरिएको छ ।
सडक नाटकमा समाजमा हुने बाल विवाह सम्बन्धी जनचेतना मुलक नाटक प्रस्तुत गरिएको युवा संञ्जाल मोरङ अध्यक्ष रञ्जन कुमार शाही आर.के राष्ट्रप्रेमीले जानकारी दिए ।
कार्यक्रममा ओरेक नेपालकी शोभा बजगाई, सिविन सेल्प लाईनका बासुदेव अधिकारीले बाल हिंसा अत्य गरौ समाजमा बाल विवाह रोक्नु पर्छ भन्ने धारणा राखेका थिए ।
सडक नाटकका कलाकारहरुमा अरबिन्द कामत, राजेन्द्र ठाकुर, सञ्जना कामत, भरत कार्की, निरन्जन कामत, अर्पना कामत , फुल कुमारी कामत, युवराज कामत र अमित कामत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर