पूर्वाञ्चल खबर
चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका एक सयभन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई नागरिक अभिनन्दन गर्ने भएका हुन् । कार्यक्रम जेठ २६ गते हुनेछ । भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा मात्रै नभएर धार्मिक र सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । अभिनन्दनका लागि प्रतिष्ठानको संयोजनमा तयारी तीव्र पारिएको छ ।
प्रचारप्रसार, मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, ग्रन्थ प्रकाशन, आर्थिक व्यवस्थापन, कार्यसम्पादनलगायतका विभिन्न समिति गठन गरेर अभियानको तयारी तीव्र पारिएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिइन् । समारोहमा सुवेदीको विषयमा लेखिएको पुस्तक पनि विमोचन गरिनेछ । सुवेदीका तीन दर्जनभन्दा बढी मौलिक र त्यतिकै संख्यामा सम्पादित पुस्तक प्रकाशित छन् । सुवेदी २०३९ सालमा स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठानको अध्यक्षसमेत हुन् ।