AArya
RUMPUM
animated ellipse animated ellipse

जातअनुसार राज्य दिए १ सय २३ राज्य बनाउनु पर्ने – खाती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७३, सोमबार १८:३०
3
Shares
२० मंसिर,दुहवी / राष्ट्रिय जनता पार्टी राजावादीका सहमहामन्त्री रामकुमार खातीले हिन्दुधर्म र राजसंस्थाको अन्त्य गर्न पश्चिमा देशहरु लागी परेको आरोप लगएका छन् ।
ग्रामिण समाजसेवा केन्द्र सुनसरीले आइतवार बेलुका दुहवी भलुवा नगरपालिका स्थित प्राष्टोकी २ मा गरेको रामजानकी विवाह उत्सव कार्यक्रममा बोल्दै उनले त्यस्तो कुरा बताएको हो ।
देशको मूख्य मेरुदण्डमा प्रहार गरेर नेपालको पहिचान मेट्ने कार्यमा लागेका केही व्यक्तिहरुका कारण देश गम्भिर मोडमा पुगेको सहमहामन्त्री खातिको भनाइ थियो । पश्चिमाहरुले पैसाको प्रलोभनमा पारेर केही मतियारहरु तयार गरेको र देशको अस्मिता लुट्ने प्रयास भइरहेको आरोप उनले लए ।
महामन्त्री खातिले जातीय राज्यमा देशलाई भाड्ने र धार्मिक तथा जातीय दंगा मच्चाएर नयाँ धर्म भित्राउने योजना भएको भन्दै सवैमा सचेत रहन आग्रह गरे ।
जातअनुसार राज्य बाढ्दै हिड्ने हो भने नेपालमा रहेका १ सय २३ जातलाई राज्य दिन आबश्यक रहेको उनले बताए । नेपालको संस्कृति,भेष,भुषा माथि राजनीति भइरहेकाले यसको जगेर्नामा सवै सजग रहन आग्रह समेत गरे ।
त्यसैगरी कार्यक्रममा थारु समुदायका कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम गरेका थिए । थारु महिला तथा पुरुष समूहले गरेको कार्यक्रममा महिलाहरुले झाम्टा तथा पुरुषहरुले विभिन्न सांस्कृतिक नाच प्रस्तुत गरेको क्लवका अध्यक्ष महेश कुमार माझीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर