पूर्वाञ्चल खबर
पत्रकार महासंघको मुख्य निर्वाचन अधिकृत दिपक दाहालले निर्वाचनका लागी मतपत्र छापि सकिएको र मतपेटिका समेत व्यवस्थित गर्ने काम भइसकेको वताए । पत्रकार महासंघ मोरङ शाखाको पश्चिमतर्फ रहेको विराट कलेजनमा विहान ८ वजेदेखि दिउँसो ३ वजेसम्म निर्वाचन हुने उनले वताए । त्यसका लागी मतदान स्थलमा तीनवटा मत पेटिकाको व्यवस्था मिलाइएको छ । निर्वाचनमा पक्तिवद्ध भएर मत खसाल्ने व्यवस्था मिलाइएको दाहालले वताए ।
प्रदेशको पत्रकार महासंघको समितिका अध्यक्ष , उपाध्यक्ष तथा महासचिव सहित २१ जना पद्धाधिकारीको चयन हुने छ । प्रदेश महासंघ समितिको निर्वाचन एक नम्वर प्रदेशको १४ वटै जिल्लामा रहेका पत्रकार महासंघको शाखा कार्यालयमा हुने व्यवस्था मिलाइएको छ ।
पत्रकार महसंघ मोरङमा १ सय ८४ जना सदस्य छन । सवै सदस्यहरुले निर्वाचनमा मतदान गर्ने व्यवस्था महासंघको विद्यानमा रहेको छ ।
पत्रकार महासंघको एन नम्वर प्रदेशको समितिमा सचिव तथा एक कोषाध्यक्ष सहित ९ जना यस अघिनै निर्विरोध निर्वाचित भइ सकेका छन । प्रदेश महासंघ समितिको निर्वाचनमा २८ जनाले उमेदवारी दिएका थिए ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेलले मोरङमा निर्वाचनका लागी सम्पुर्ण व्यवस्था मिलाइएको वताए । उनले केन्द्रले दिएको जिम्म्ेवारीलाई पुरा गर्न पत्रकार माहासंघ मोरङ शाखा अहोरात्र खटिरहेको भन्दै प्रदेश महासंघको निर्वाचन सफल वनाउन सवै सदस्यलाई निर्वाचनमा सहभागि हुन आग्रह गरे ।
एक नम्वर प्रदेशमा पत्रकार महासंघका १४ सय ५४ सदस्य रहेका छन । यसैगरी पत्रकार महासंघमा आयोजित कार्यक्रममा पत्रकार महासंघ एक नम्वर प्रदेश समितिका उमेदवारहरुले आफुले जितेपछी पत्रकारहरुले अनुभुति हुनेगरी पत्रकारको हितमा कामगर्ने वताए ।
समितिका अध्यक्षका उमेदवार विक्रम लुइटेल र महासचिका उमेदवार विवेक गौतमले पत्रकारको पेशागत सुरक्षा नै आफुहरुको मुल मुद्धा भएको वताए । उनले विगतमा भएका कमि कमजोड र त्रुटिहरुलाई विर्सेर पत्रकार महासंघको प्रदेश समितिका उमेदवारहरुलाई जिताउन उनीहरुले आग्रह समिेत गरे । विगतमा केही गल्ति भए त्यसलाई विर्सेर सवै साथीहरुलाई निर्वाचनमा सहभागी भई गठवन्धको उमेदवारलाई मत दिन समेत उनीहरुले आग्रह गरेका हुन् । प्रेस यूनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लभ घिमिरेले संस्थाले निर्णय गरेको उमेदवारलाईनै मत दिन आग्रह गरे ।