RUMPUM
animated ellipse animated ellipse

३३ किलो सुन प्रकरण : एसएसपी खत्रि र गोरे सहित ३४ जना फरार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०७५, बिहीबार १७:५३
3
Shares
विराटनगर / प्रहरीले मुद्धा दायेर गरेका ६३ मध्ये २९ जना प्रहरीको न्यायिक हिरासतमा छन् भने ३४ जना फरार छन् । सुन तस्करी र सनम हत्या प्रकरणमा मुछिएका प्रहरी बरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, सुन तस्करका नाइके चुणामणी उप्रेती ‘गोरे’ सहित ३४ जना फरार समेतलाई प्रतिवादी बनाएर प्रहरीले मुद्धा दर्ता गरेको हो ।

फरारहरुको सूचीमा धरान घर भई काठमाण्डौमा गोल्ड सिल्भर प्यालेस सञ्चालन गर्दै आएका शुनिल श्रेष्ठ, भोजपुर दिङला घर भई काठमाण्डौ बस्दै आएकी रक्षा भण्डारी, मोरङ सुनबर्षी नगरपालिका ६ का अर्जुनप्रसाद खरेल, पर्बत पैयू गाउँपालिका ७ का रोशन भन्ने गुप्तलाल भुषाल, काभ्रेपलान्चोक घर भएका रामहरि कार्की, पोखरा लेखनाथ महानगरपालिकाका २१ का प्रयास पराजुली, सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ५ का सञ्जय अधिकारी र समिर अधिकारी फरार छन् ।

त्यस्तै धनकुटा घर भई काठमाण्डौ बस्दै आएकी गिता श्रेष्ठ, चुणामणी उप्रेती गोरेकी श्रीमती मोरङ उर्लाबारीकी नर्बदा खरेल उप्रेती, मोरङ कानेपोखरी ४ का माधव आचार्य, मोरङ सुन्दरहरैचाका ओमप्रकाश नेवार, चितवन जगतपुर ७ का प्रहरी हवल्दार अम्बरबहादुर थापामगर, सुनसरी धरानका सुनिलकुमार अग्रवाल, झापा शिवसत्तासी नगरपालिका ६ का कृष्णगोपाल अग्रवाल, उर्लाबारी नगरपालिका ७ घर भई काठमाण्डौं बस्दै आएका रमेश उप्रेती, काठमाण्डौमा बाजेको सेकुवा पसल सञ्चालन गर्दै आएका चेतन भन्ने चेतनाथ भण्डारी, काठमाण्डौं बानेश्वरका प्रमोदकुमार श्रेष्ठ, इटहरी ६ का वेनु श्रेष्ठ, काभ्रेपलान्चोक बेथान चोक गाउँपालिकाका हरिसरण खडका, बाग्लुङ काठेखोला गाउँपालिकाका ७ का कमल कार्की, काठमाण्डौं १६ का मणिराज चौलागाई, सिन्धुपाल्चोक सुन्दरी गाउपालिका १ का शिवकुमार गुभाजु, हेटौडा उपमहानगरपालिका ४ का सुरेन्द्र गौतम, झापा मेचिनगरका रुस्तम मिया भन्ने मोहमद उस्तम मिया, सोलुखुम्बु दुधकुण्ड नगरपालिका ८ का टुकबहादुर मगर, मोरङ उर्लाबारीका भबिन तामाङ, काठमाण्डौ महानगर २९ बस्ने एम के भन्ने मोहनकुमार अग्रवाल, काठमाण्डौ नागार्जुन नगरपालिका ४ का छिरिङ वाङगेल घले फरार छन् ।

गोरे ग्याङमा सात प्रहरी
३३ किलो सुन काण्डमा जनताको सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीका सात जना अधिकृत संलग्न भएको पाइएको छ । प्रहरीले तस्करको समुह चुणामणी उप्रेती गोरेलाई प्रत्यक्ष रुपमा सहयोग गरेका सात बहालवाला सहित ८ जना प्रहरीलाई विरुद्ध मुद्धा दायर गरेको छ ।

प्रहरीले पक्राउ गरेकाहरुमा प्रहरी पूर्व डिआइजी गोविन्द निरौला, बहालवाला प्रहरी बरिष्ठ उपरीक्षक दिवेश लोहनी, श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकाराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रजित केसी, प्रहरी सहायक निरिक्षक बालकृष्ण सञ्जेल छन् । प्रहरी हवल्दार अम्मरबहादुर थापा र प्रहरी जवान बिष्णु खड्का पनि गोरे समुहका सहयोगी थिए । सात प्रहरी मध्ये खत्री र थापा फरार छन् ।

श्रीमान श्रीमती नै तस्करीमा
तीन बर्षयता संगठित रुपमा आयात हुदै आएको सुन तस्करी प्रकरणमा श्रीमान श्रीमती, दाजु भाई सम्म संलग्न रहेको पाइएको छ । प्रहरीले अदालतमा मुद्धा दायर गरेकाहरु मध्ये चुणामणी उप्रेती गोरे र नर्वदा खरेल उप्रेती श्रीमान श्रीमती हुन् । गोरे बाहेक सुन तस्करी प्रकरणमा मुछिएका शुनिल श्रेष्ठ, गिता श्रेष्ठ एउटै पसलको सञ्चालक हुन् । दुबैले काठमाण्डौ न्यूरोडमा भैवब लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रालि सञ्चालन गर्दै आएका थिए । उनीहरु फरार छन् ।

त्यस्तै सोही मुद्धामा सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका सञ्जय अधिकारी र समिर अधिकारी पनि आफन्त हुन् । तस्करीमा फरार सूचिमा रहेका रमेश उप्रेती गोरेका भाई हुन् । सुन तस्करी प्रकरणमा गोरे सहित उनको परिवारका मात्र तीन जना मुछिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर