RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा अन्तर विद्यालय नाटक उत्सव हुदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७५, शनिबार १७:५१
9
Shares
विराटनगर / विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव २०७५ आयोजना गरिने भएको छ ।

जेठ ४ गतेदेखि विराटनगरमा आयोजना हुने वाइवाई नाटक उत्सव १० दिनसम्म सञ्चालन हुने भएको हो । सुमेरु कला सरोवर ललितपुरले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा १० दिन सम्म हुने नाटक उत्सवको बारे जानकारी गराएको हो ।

विराटनगरको आरोहण गुरुकुल शुशिला नाटक घरमा १० दिनसम्म चल्ने नाटक उत्सवमा मोरङ जिल्लाका १ सय ८ विद्यालयका कक्षा–६ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहने सुमेरु कला सरोवर ललितपुरका अध्यक्ष सुवलमणी सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार प्रत्येक विद्यालयबाट दुुई–दुुई जना विद्यार्थीको सहभागिता रहने छ । साथै विद्यार्थीहरुले अभियान अन्र्तगत एउटै मञ्चबाट ९० वटा नाटक मञ्चन गर्ने भएका छन् ।

उत्सवको तयारीका लागी विद्यार्थीहरुलाई यतिवेला कार्यशाला तथा प्रशिक्षण दिने काम भईरहेको छ । सहभागीहरु मध्ये उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरूलाई विधागत रुपमा पुरस्कार तथा ट्रफि प्रदान गरिने छ । यस्तै १० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले छात्रबृत्ती पनि प्रदान गरिने आयोजक सुमेरुकला सरोबरले जनाएको छ । सह–आयोजक प्याब्सन मोरङ रहेको छ । गत बर्ष पनि सुमेरु कला सरोबरले सुनसरीमा नाटक महोत्सवको अयोजना गरेको थियो ।

नाटकको तयारीका लागी सरोवरले गत फागुुन –८ गतेदेखि मोरङ जिल्लाका विभिन्न स्कूलमा पुुगेर नाटक कार्यशाला गरिरहेको अध्यक्ष सापकोटाले वताए । विद्यार्थीहरुलाई कलाकार उद्धव सापकोटा, सुुरभी सापकोटा र सविन कट्टेलले प्रशिक्षण दिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर