१८ मंसिर, दुहवी/ त्रिभुवन आर्मी क्लब काठमाण्डौ सुनसरीको दुहवीमा जारी मनमोहन दुहवी गोल्डकपको उपाधि हात पारेको छ ।
आज शनीवार सम्पन्न भएको फाइनल खेलमा आर्मीले मनाङ मस्याङदी क्लब काठमाण्डौैलाई सडन डथमा ४–३ गोल अन्तरले पराजीत गर्दै उपाधी उचाल्न सफल भएको छ । उपाधिसँगै आर्मीले नगद तिन लाख तथा ट्रफी हात पारेको छ । यता उप विजेतामा चित्त बुझाएको मनाङले नगद एक लाख पचास हजार तथा ट्रफी हात पारेको छ ।
निर्धारित समय गोल रहित बराबरीमा खेल सकिए पछि खेल पेनाल्टी सुट आउटमा धकेलिएका थियो तर पेनाल्टी सुट आउटबाट पनि खेलको निर्णय नभएपछि खेलको निर्णय सडन डेथबाट गरीएको थियो
पेनाल्टी सुट आउटमा मनाङका बिराज महर्जन, रुपेस के.सी.र सुजल श्रेष्ठले गोल गर्न सफल भएका थिए भने नेपालका स्टाइकर विमल घर्ती मगर र अफ्रिकन खेलाडी सिसोे गोल गर्न बाट चुकेका थिए ।
यता त्रिभुवन आर्मीका जितेन्द्र कार्की, दिपक गुरुङ र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए भने अर्का नेपालका यूवा स्टाइकर नवयुग श्रेष्ठ र हिर्नया मगर गोल गर्न चुके पछि खेल सडन डेथमा धकेलिएको थियो ।
सडन डेथमा मनाङका बिश्वास श्रेष्ठले गोल गर्न न सकेपछि आर्मीका गोल रक्षक बिकेश कुथुले गोल गदैृ आर्मीले उपाधी चुमेको हो ।
फाईनल खेलको म्यान अफ द फाईनल आमीका बिकेश कुथुलाइ नगद रु ५ हजार मेडल प्रमाण पत्र प्रदान गरीएको थियो । सर्बाधीक गोलकर्ता आर्मीकै टेक बहादुर बुढाथोकी लाइ नगद रु १५ हजार मेडल प्रमाण पत्र प्रदान गरिको थियो । उनले प्रतियोगिताभरी ३ गोल गरेका थिए । म्यान अफ द सिरिज मनाङका सुजल श्रेष्ठलाई नगद रु २५ हजार मेडल प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि मनमोहन स्मृित प्रतिष्ठानका अध्यक्ष एवं पूर्व उप–प्रधान मन्त्रि भरतमोहन अधिकारी, अखील नेपाल फुटबल संघका उपाध्यक्ष किशोर राई, पुर्व क्षेत्रिय प्रहरी कार्यलयका प्रमुख केशरीराज घिमीरे, दुहवी–भलुवा नपाका कार्यकारी अधिकृत युवराज ढकाल लगायतले विजेता तथा उप विजेतालाई पुस्कार वितरण गरेका थिए ।