AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तराष्ट्रिय अपाङगता दिवशको अवसर सरसफाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७३, शनिबार १८:०६
3
Shares

१८, मंसिर, विराटनगर /अन्तराष्ट्रिय अपाङगता दिवशको अवसरमा आज विराटनगरमा हासिल गरौं दीगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौं हामीले चाहेको भविष्य भन्ने नाराका साथ सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

२५ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा विराटनगरको बसपार्कदेखि सुरु गरिएको ¥याली सहितको सरसफाई कार्यक्रमले नगरका विभिन्न भागको सरसफाई गरेको हो । बसपार्क ,महेन्द्र चौक हुदै बिप्लट सम्म सरसफाई गरिएको थियो ।

सरसफाई कार्यक्रममा विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरु,बहिरा स्कूलका विद्यार्थी लगायतको सहभागिता थियो । कार्यक्रममा सहभागीहरुले अपाङ्गता मैत्री पूर्वाधार निर्माणमा जोड दिनुपर्ने, नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिहरुका मागलाई समेटिनु पर्नेमा जोड दिएका थिए ।

मोरङमा १७ हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु रहेको भन्दै घरपरिवारबाटै अपाङ्गता भएका व्यक्तिहरु अपहेलित हुनु परेकाले उनीहरुका लागि बिशेष व्यवस्था सरकारले गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । यस्तै उनीहरुले बिप्लटमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर