AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विप्लवमाथि ओलीको कटाक्ष: खाल उठिसक्यो, च्याँखे थापेर केही हुन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७४, आईतवार ०७:०१
3
Shares
फाइल तस्वीर
काठमाडौँ,१८ चैत /प्रधानमन्त्री केपी शार्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी र उसका नेता नेत्रविक्रम चन्द विप्लवई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गर्दै हिँडेको भन्दै कटाक्ष गरेका छन् ।

ओलीले रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वसमा बोल्दै चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्त नभएको भन्दै विप्लवमाथि ब्य‌ंग्य गरेका हुन् ।

‘थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन् । सुतली बम सिद्धान्त पनि हुन्छ ? मार्क्सवादमा कहाँ लेखेको छ ?’, ओ‌लीले प्रश्न गरे, ‘नचाहिने कुराका पछाडि मान्छे दौडिएका छन् । चन्दा उठाउन सिद्धान्तका कुरा नगर्नुस् ।’

विप्लव समुहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्ना नाममा ‘वारेन्ट’ जारी गरेकोमा आक्रोशित भएका ओलीले मजाक नगर्न पनि चेतावनी दिएका छन् ।

‘यो विप्लव कि के समुह छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने ? मजाक गर्ने ?’, उनले प्रश्न गरे, ‘मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु । प्रहसन गर्ने भए धुर्मुस-सुन्तलीलाई पनि भनिदिउँला ।’

राजनीतिका नाममा हाँसोमजाक नगर्न पनि ओलीले आग्रह गरे । ‘प्रचण्डलाईसमेत वारेन्ट, कुन्नी कुन गाउँमा आउनु, सातदिनमा हाजिर हुन । यस्ता राजनीतिक मजाक नगर्न म विप्लवलाई आग्रह गर्छु । अलि बढी भयो’, उनले भने ।

जनयुद्ध सकिएपछि नेपालमा साना समुहले च्याँखे थापेको भन्दै ओलीले अझै कटाक्ष गरे । ‘माओवादी युद्ध जुवाको खाल थियो’, उनले भने’, ‘खाल उठिसकेपछि च्याँखे थापेर अब केही हुँदैन ।’

वाम सरकारले अधिनायकवाद ल्याउने कुरा अफबाह भएको ओलीको भनाइ थियो । ‘वाम सरकारले अधिनायकवाद ल्याउँछ । प्रेस स्वतन्त्रता हनन् गर्छ भन्ने सुन्नु भएको होला’, उनले भने, ‘यस्ता हल्लापछि नलाग्नुहोस सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ ।’

प्रधानमन्त्री ओलीले जनतामा राजनीतिक मात्र हैन सामाजिक,आर्थिक, जागरण पनि चाहिएको बताएका छन् । ‘हाम्रा राजनीतिक र सामाजिक संरचनाहरुमा धेरै उथलपुथल आएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण अब हाम्रा व्यबहारमा पनि त्यस्तै परिवर्तनको आवश्यक छ ।’

सरकार भ्रष्टचार नियन्त्रण गर्ने,जनतामा विकास निर्माणका योजना सञ्चालन गर्ने,आधुनिकताको अवलम्बन गर्ने योजनामा रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

अब देशलाई अघि बढाउन आफू विकास केन्द्रित भएको पनि बताए । देशमा सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास कुनै हालतमा सफल नुहने दाबी गरे । ‘ट्याउँट्याउँ आवाज आइरहेको छ । कहाँबाट आएको छ यो ?’, ‌ओलीले व्य‌ंग्यको शैलीमा प्रश्न गरे । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर