पूर्वाञ्चल खबर
आज भएको खेलमा कलकताले मधुवनी विहारलाई ६ विकेटले पराजित गरि अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।
कलकताले मधुवनीले दिएको १ सय ४६ रनको विशाल लक्ष्य १७ दशमलव ५ बलमा ४ विकेट गुमाई पार गरेको थियो । कलकताका रोहन सेनले ३५ रनको योगदान दिए । मधुवनीका राहुल चौधरीले २ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको मधुवनीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय ४५ रनक योगफल तयार पारेको थियो । मधुवनीका उत्कर्ष कुमारले ३८ रन जोडे । कलकताका म्यान अफ द म्याच पाधुनिय सरकारले ४ विकेट लिए ।