पूर्वाञ्चल खबर
मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले नियमावली पारित गरियोस भनी वैठकमा प्रस्तावल प्रस्तुुत गरेका थिए ।
प्रदेशसभाको आज वसेको दोश्रो वैठकमा नियमावली सर्वसम्मत रुपमा पास भएको प्रदेशसभाको सभामुुख प्रदिप भण्डारीले घोषणा गरे ।
दोश्रो वैठकमा प्रदेशसभा सदस्य उषाकला राईले नियमालवीका केहि वुुदामा संशोधनका लागी संशोधन प्रस्ताव राखेकी थिइन् । उनको प्रस्ताव सहित नियमावली सर्वसम्मत रुपमा पास भएको हो । पहिलो वैठकमा नियमावलीका विषयमा प्रदेशसभाका १२ जना सदस्यहरुले वोलेका थिए ।
मस्यौदा उपर उठेको विषयमा मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले उत्तर दिए थिए । पहिलो र दोश्रो वैठकगरी वेलुका पाँच वजेसम्म वैठक चलेका थियो । प्रदेशको अर्को प्रदेशसभा वैठक चैत २४ गते वुुधवार वस्ने छ ।