१७ मंसिर,विराटनगर/ विराटनगर–४ मा रहेको मोडर्न एरा उच्च माध्यमिक विद्यालयले ‘मोर्डनएरा कार्यक्रम सिजन २’ को छनोट चरण कार्यक्रम आयोजना गरेको छ । सुक्रवार छनोट चरण तथा कार्यक्रमको उदघाटन गरिएको हो ।
दोस्रो चरणको कार्यक्रममा मोर्डनएरा सिङगिङ स्टार, मोर्डनएरा आइडल, मिस एण्ड मिस्टर मोर्डनएरा र मोर्डन एरा साइन्स एक्सपो कार्यक्रम समावेश गरिएको छ ।
कार्यक्रम अन्तरगत सिङगिङ स्टार र मोर्डनएरा आइडलको प्रारम्भिक छनोट गरिएको छ । छनोट चरण अन्तरगत सिङगिङ स्टारमा ३० जना र मोर्डनएरा आइडलमा ४० जना विद्यार्थी छनोट गरिएको स्कुलका भाइस प्रिन्सिपल प्रकाश झाले जानकारी दिए ।
सिङगिङ स्टारको छनोट चरणमा संगितकर्मी सुमन श्रेष्ठ, दिपेन थापा र विद्यालयकी कोअर्डिनेटर एलिना राई थिए । मोर्डन एरा आइडलको नृत्यको निर्णयकको भूमिकामा मनोज राजवंशी र कृति श्रेष्ठ थिए । विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सीपल राम घिमिरेले बताए ।