पूर्वाञ्चल खबर
काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार मृतक मध्ये केहीको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको ताएका छन् ।
६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना सवार युएस बंगलाको विमानमा २२ जना बाँच्न सफल भएका छन् । घाइते मध्यै केएमसी सिनामंगलमा ८ जना, ओम अस्पतालमा एक, बाँसबारी न्यूरो अस्पतालमा एक, नेपाल मेडिसिटीमा एकजनालगायत विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको पोखरेलले जानकारी दिए ।
विमानका यात्रु मध्ये ३३ जना नेपाली, एक चिनियाँ र अन्य ३३ जना बंगलादेशी नागरिक रहेको जनएको छ । विमानका चालक पृथुला रशिद र चालक दलका सदस्य ख्वाजा हुसेन र इन्जिनियर रकिबुल हुसेन रहेको र उनीहरूको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । दुर्घटना भएको विमानमा २२ नेपालीको मृत्यु पुस्टी भएको छ भने १० को उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उपचाररत नेपाली
केशव पाण्डे नेपाली मेडिसिटी अस्पताल नख्खु
दिनेश हुमागाईं – नेपाली -न्युरो अस्पताल
दयाराम ताम्राकार- नेपाली – ग्रान्डी अस्पताल
किशोर त्रिपाठी – नेपाली – ग्रान्डी अस्पताल
हरिप्रसाद सुवेदी – नेपाली – ग्रान्डी अस्पताल
विनोद पौडेल – नेपाली -ग्रान्डी अस्पताल
बसन्त बोहरा – नेपाली – नर्भिक
आशिष रन्जित – नेपाली – नर्भिक
सनम शाक्य – नेपाली -नर्भिक
पिंकी धामी – नेपाली – केएमसी
सविना व्यञ्जीनकार – नेपाली- केएमसी
उपचाररत विदेशी
नाम नखुलेको – बंगाली -नर्भिक
मोहमद रिजवान हक्यु – बंगाली -ओम अस्पताल चावहिल
ईन्द्रना कविर -विदेशी -केएमसी
कबिर हुसेन – विदेशी -केएमसी
रसिद हुसेन -विदेशी -केएमसी
मेहेन्दी हसन – विदेशी -केएमसी
रजिना अब्दुल्लाहा – विदेशी -केएमसी
डा इर्जना -विदेशी -केएमसी
श्रहना – विदेशी -केएमसी
सरिन अहमद – विदेशी -केएमसी
महमद सहिन -विदेशी – केएमसी