AArya
RUMPUM
animated ellipse animated ellipse

संशोधन प्रस्ताव पमिार्जन गरे सहमति हुन्छ अध्यक्ष – महतो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७३, शुक्रबार १४:३७
3
Shares
फाइल तस्वीर
१७ मंसिर, विराटनगर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन गरे मोर्चा सहमति हुने बताएका छन् ।
विराटनगरमा आज शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनामा अध्यक्ष महतोले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेता महतोले ‘अधकल्चो’ जस्तो हिसावले संविधान संशोधन प्रस्ताव आएको कारण आफूहरुले असहमति जनाएको र नमानेको बताउँदै महतोले यो प्रस्तावले आन्दोलनको मर्मलाई सम्बोधन नगरेको बताए ।
उनले यादवले जहाँ जहाँ कमि छ त्यहाँ सच्याउने भनेर सरकारले सकारात्मक हिसावले अघि बढे आफूहरुले संशोधन प्रक्रियामा सहभागी हुने बताएका छन् । यदि त्यस्तो नभए आ–आफ्नो बाटो लाग्ने महतोको भनाई छ ।
५ नम्बर प्रदेशबाट तराईका जिल्ला छुट्याएको विरोधमा भएको आन्दोलन संघीयता विरोधी एमालेले गरेको बताउँदै महतोले भने, ‘एकात्मक शासन प्रणालीको भूत सवार हुनेहरूले गरेको विरोधको अर्थ छैन ।’
पहाडीको बाहुल्यता रहेको जिल्ला झापा, मोरङ सुनसरीलाई पनि मधेशमै राख्नुपर्ने माग राख्दै महतोले पहाडी र मधेशीलाई छुट्याउने षड्यन्त्र तीन दलले गरेको दाबी गरे । भारतले स्वीकार गरेको अवस्थामा तपाईहरुको किन विरोध भन्ने प्रश्नमा महतोले भने, ‘भारतले स्वीकार ग¥यो हामीले अस्वीकार ग¥यौं, भारतको कुरा भारतसँगै र मोर्चाको कुरा मोर्चासँगै गर्न आग्रह गर्दछु ।’
अंगीकृत नागरिकताको प्रावधान नराख्नुपर्ने बताउँदै महतोले अंगीकृत र बंसजको नाममा नागरिक–नागरिकबीच विभेद भने गर्न नहुने बताएका छन् । ‘यसअघि प्राप्त अधिकार खोसेर बनाइएको संविधान पश्चगामी भयो,’ महतोले भने, ‘अंगीकृत नागरिकतावालाई जति अधिकार अन्तरिम संविधानमा राखियो त्यही अनुसार हुनुपर्छ, नत्र संविधान प्रतिगामी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर