AArya
RUMPUM
animated ellipse animated ellipse

हङकङले टस जित्यो, नेपाललाई बलिङको निम्तो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७४, सोमबार १३:२७
3
Shares
विराटनगर २८ फागुन / जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट आजको नेपालविरुदको खेलमा हङकङ टस जितेर ब्याटिङ रोजेको छ । खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लब मैदानमा हुदैछ । नेपालले अफगानिस्तानविरुद्ध खेलेको टोलीलाईनै मैदानमा उतारेको छ ।

समूह चरणको यो खेल दुबै टोलीका लागि गर यार मरको स्थीतीमा छ । नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कम छ । तर, एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट जोगिन आजको खेल जित्नै पर्ने दबाव छ । हङकङलाई पनि सुपर सिक्समा पुग्न नेपाललाई हराउनै पर्ने बाध्यता छ ।

हङकङसँग पराजित भए पनि नेपालको एकदिवसीय मान्यता पाउन समूह ’ए’ को नजितामा भर पर्नेछ । समूह ’ए’ नेदरल्यान्ड्स सुपर ६ पुगे तथा यूएई बाहिरिए नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ । तर यो समिकरण पूरा हुन पनि कठिन छ । किनकी युएई २ खेलमा जित निकाल्दै सुपर ६ नजिक छ ।

स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बीबाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एकदिवसीय मान्यता पाउने बाटो यसपटकका लागि सकिनेछ । यस मध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ ।

सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रमश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेलको विजयी टोलीले सातौं स्थानका लागि खेल्नेछ, भने हार्ने दुई नवौं स्थानका लागि आमने–सामने हुनेछन् ।

यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नु हुँदैन, कम्तीमा एक टिम असफल हुनुपर्छ ।

नेपाल र हङकङको हेड टु हेड इतिहासमा नेपाल अगाडि छ । अहिलेसम्म यी दुई टोली १२ पटक आमने सामने भएकोमा ६ पटक नेपालले जितेको छ भने ५ पटक हङकङ हावी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर