दलहरु मिलेर अघि बढे मुलुकले निकास पाउँछ -नेता आचार्य
पूर्वाञ्चल खबर
१६ मंसिर २०७३, बिहीबार १८:१५
3
Shares
फाइल तस्वीर
१६ मंसिर,विराटनगर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको राजनीतिक निकासका लागि सबै दल मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
कांग्रेस नेता भीमबहादुर तामाङको चौथौ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले विराटनगरमा विहिबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढेमात्रै जारी राजनीतिक गतिरोध अन्त्य भई मुलुकले निकास पाउने बताए ।
नेता आर्चायले तामाङले नेपाली कांग्रेसभित्र रहेर जातीय, भाषिक र सांस्कृतिक पहिचानको मुद्दालाई समान रुपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे । सादा जीवन र उच्च विचारका धनी स्वर्गीय तामाङले मुलुकमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानलाई पार्टीले कहिले नर्बिसने उनको भनाइ थियो ।