AArya
RUMPUM
animated ellipse animated ellipse

संविधान संशोधनको विरोधमा पश्चिम नेपाल अशान्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७३, बुधबार १३:५९
3
Shares
काठमाडौं–सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपाल आन्दोलित भएको छ। विशेषगरी पाँच नम्बर प्रदेश टुक्रउने प्रस्तावको विरोधमा बुटवलमा विहानैदेखि पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा प्रदर्शन भइरहेको छ।
प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले पूर्व–पश्चिम तथा उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प बनाएका छन्। उनीहरुले पाँच नम्बर प्रदेशबाट पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्युठानलगायत पहाडी जिल्ला अलग गर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
यसैगरी सरकारले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाएको भन्दै प्युठानबासी पनि आन्दोलित भएका छन्। उनीहरुले पाँच नम्बर प्रदेश पहाडी जिल्ला यथावत राख्नु पर्ने भन्दै प्युठान बन्द गरिएको छ। बुधबार विहानैदेखि बुधवार बिहानैदेखि जिल्लाका चोक चोकमा टायर बालेर बिरोध सभा गरिएको छ।
प्युठानमा  सार्वजनिक यातायात पुर्ण रुपमा बन्द छन् । विद्यालय शैक्षिक संस्था समेत बन्द गरिएको छ । ब्यवसायीहरुले स्वतस्फुर्त पसल बन्द गरी सरकारको बिरोधमा बन्दको समर्थन गरेका छन् ।
सत्तापक्ष  र विपक्ष दलले संयुक्त रुपमा संघर्ष समिति बनाई बिरोध गरेका छन्। मधेसी दललाई फकाउन सरकारले पहाडी जिल्लालाई छुट्टयाएर प्रदेशको सीमा फेरबदल गरे प्युठानी जनताले सहेर नबस्ने चेतावनी दिएका छन् ।
पूर्व घोषित ५ नं प्रदेशबाट प्युठान र रोल्पालाई छुट्याउने निर्णय भएपछि रोल्पा र प्यूठानको संयुक्त रुपमा संघर्ष समिति समेत बनेको छ। यसैगरी सीमाकंन हेरफेरसहित संविधान  संशोधन विधेयक संसदमा दर्ता गरिएको विरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्द आह्वान गरिएको छ ।
  पाँच नम्बर प्रदेश अन्तर्गतको पहाडी  जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा भाग्ने प्रस्ताव गरेको भन्दै उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार जिलमा रहेका विभिन्न क्रियाशील संघसंस्थाको आयोजनामा जिल्ला बन्द गरिएको हो। बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार र यातायातका सम्पूर्ण साधन विहानैदेखि ठप्प रहेको  छ।
यसैगरी पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला निकाल्ने प्रस्ताव गरेको भन्दै अनिश्चिकालीन गुल्मी बन्दको आह्वान गरिएको छ। उद्योग वाणिज्य संघ  गुल्मीको आयोजनमा  जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, नेपाल पत्रकार संघका प्रतिनिधिसहितको भेलाले अनिश्चितकालीन गुल्मी बन्दको आयोजना गरेको हो।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला निकाल्ने प्रस्तावको पाल्पामा पनि विरोध भएको छ। जिल्लामा सक्रिय राजनीतिक दलका प्रतिनिधिले आफूहरुको माग पूरा नभएसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर