RUMPUM
animated ellipse animated ellipse

१० करोड राजश्व हिनामिना गरी दुई भन्सार एजेन्ट फरार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७४, बिहीबार ०६:५०
3
Shares
विराटनगर,३ फागुन/मालवस्तु आयात गरेवापतको करिब दश करोड रुपैयाँ भन्सार राजश्वमा दाखिला नगरी विराटनगर भन्सार कार्यालयका दुई एजेन्ट फरार भएका छन् ।

विराटनगर भन्सार कार्यालयका क्लियरिङ एजेन्ट ललित बोहरा र सुरेश बोहराले वाणिज्य बैंकमार्फत बुझाउनु पर्ने राजश्व रकम हिनामिना गरेका हुन । बैंकमार्फत दाखिला गर्नुपर्ने रकम जम्मा नभएपछि वाणिज्य बैंकको केन्द्रीय कार्यालयले अनुसन्धान सुरु गरेको छ । बैंककै कर्मचारीको मिलेमतोमा एजेन्टले यति ठूलो रकम नबुझाउँदासम्म तीन सातासम्म घटना गुपचुप बनाएको देखिएको छ ।

विभिन्न कम्पनीको मालसामान क्लियरिङ गर्दा विराटनगर भन्सार कार्यालयमै रहेको राष्ट्रिय वाणिज्य बैंकमा पेश गरेको चेक बाउन्स भएपछि यो प्रकरण सार्वजनिक भएको हो ।

तर, विराटनगर भन्सार कार्यालयले भने बैंक ग्यारेन्टी र बैंक भौचरको आधारमा मालसामान जाँचपासलगायत प्रक्रिया हुने भएकोले यसको सम्पूर्ण जिम्मेवार वाणिज्य बैंक नै हुने दाबी गरेको छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले भने,‘बैंकलाई पार्टीले दिएको रकम बाउन्स भए त्यसको जिम्मेवारी बैंककै हो । हामीले त बैंकको ग्यारेन्टी र भौचरको आधारमा काम गर्ने हो ।’

उनले यो विषयमा भन्सार कार्यालयले समेत एजेन्टको विषयमा सुक्ष्म अनुसन्धान गरी ‘ब्लाक लिस्टमा’ राख्ने बताए । दुबै एजेन्टले एक पटक एक करोड ८४ लाख बुझाएपनि थप रकम बुझाएका छैनन् ।

वाणिज्य बैंक ब्रान्च अप्रेसन विभाग काठमाडौका उप–प्रमुख नारायण सुवेदीले घटना लगत्तै यसको अनुसन्धान सुरु गरिएको जानकारी दिदैं भने,‘हामीले बैंकको नियमअनुसार सुक्ष्म ढंगले अनुसन्धान सुरु गरिसकेका छौं । कर्मचारीमाथि पनि अनुसन्धान भई रहेको छ ।’ उनले राजश्व दाखिला नभएको रकमको विषयमा थप खुलाएनन् ।

भन्सार कार्यालयका अनुसार विराटनगरका एजेन्टद्वय बोहराले यहाँका नाम चलेका उद्योगी व्यवसायीको क्लियरिङ एजेन्टको काम गर्दै आएका छन् ।

उद्योगी महेश जाजूको एशियन थाई फुड्स,भूषण ग्रुपको आरती स्ट्रिप्स, जाजूकै हिमगिरी सोप एन्ड केमिकल्स, अनुज पोद्दारको जयश्रीप्युटेक, पशुपति सिमप्याक, मूलचनको खल्ली निकासीको श्याम प्याकेजिङ, जगदम्बा सिमेन्ट, निगाले, मारुतीलगायत कम्पनी लगायतको क्लियरिङको काम गर्ने गरेका थिए ।

घटना ढाकछोप गर्न विराटनगरका उद्योगी महेश जाजूको नेतृत्वमा समूह परिचालित भएको छ । भन्सार कार्यालयभित्रै रहेको बैंक शाखामा एजेन्टले चेक दिने कर्मचारीले भौचर दिने तर त्यो चेक धेरै दिनसम्म क्लियरिङमा नपठाएर उनीहरुले सो वापतको ब्याजसमेत बैंकबाट खाने गरेका थिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा फाँटका प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले बुधबार घटनाको विषयमा जानकारी गराउने बताए । उनले भने,‘अहिल्यै नै केही भन्न मिल्दैन् अनुसन्धान भइरहेको छ ।’ यो समाचार अन्नपूर्णमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर