AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अश्लीलताको आरोपमा ७ जना देश निकाला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७४, सोमबार १७:३९
3
Shares
क्याम्बोडिया / क्याम्बोडियाले अश्लील सामग्री उत्पादन गरेको अभियोग लागेका १० मध्ये सात विदेशी पर्यटकलाई देशनिकाला गरेको छ। एउटा पार्टीमा यौनजन्य गतिविधि गरेका तस्बिरहरू सार्वजनिक भएपछि अभियुक्तहरूको उक्त समूहलाई गत महिना देशको उत्तरपश्चिमी प्रान्त सिपीरिमबाट पक्राउ गरिएको थियो।

देशनिकाला भएका ती सात पर्यटकहरू बेलायत, न्यूजिल्यान्ड र क्यानडाका नागरिक हुन्। उनीहरूलाई गत हप्ता जमानत दिइएको थियो। यूके, नर्वे र नेदर्‌ल्यान्ड्सका अरू तीन जनाले भने उक्त पार्टी आयोजना गरेको आरोपमा मुद्दा खेप्नु पर्नेछ। आफूहरू नग्न नबनेको र कुनै अश्लील सामग्री उत्पादन नगरेको दाबी गर्दै दशै जनाले लगाइएका अभियोग अस्वीकार गरेका छन्।

विवरणहरूका अनुसार जमानतको आदेशमा सात जनालाई क्याम्बोडिया छोड्न र फेरि नफर्कन भनिएको थियो। उनीहरूविरुद्ध लगाइएका अभियोग भने फिर्ता गरिएको छैन। एउटा वेवसाइटमा प्रकाशित तस्बिरहरूमा केही जोडीहरू यौन मुद्रामा जस्तो गरी भुइँमा पल्टिएका देखिन्छन्।

सिएम रिआप नगर कम्बोडियाको मुख्य पर्यटकीय स्थल मानिने एङ्कोर वाटको प्रवेशद्वार मानिन्छ। पर्यटकमाझ प्रसिद्ध उक्त नगरको रात्रिकालीन गतिविधिमा केही बर्षयता ठूलो वृद्धि भएको छ।

कहिलेकाहीँ त्यस्ता गतिविधिले पर्यटकलाई क्याम्बोडियाको रूढीवादी समाजमा अप्ठ्यारो परिस्थितिमा परिदिने गरेका पनि छन्।
बीबीसीबाटः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर