१२ मंसिर,विराटनगर/ अहिलेको सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव बाहिरी इशाराको भरमा अघि बढेको नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आरोप लगाएका छन् । आइतबार विराटनगरमा आयोजित अगुवा कार्यकतालाई सम्बोधन गर्दै उनले संशोधन के र कस्कालागि भन्ने स्पष्ट हुनुपर्ने भन्दै उनले मात्र दक्षिणी इशाराको भरमा संशोधनको बहस अघि बढाइएको टीप्पणी गरे ।
उनले भने, ‘नेकपा एमाले संसोधनको विपक्षमा होइन तर संसोधन के मा ? स्पष्ट हुनुपर्छ ।’
भाषाको विषयमा महासचिव पोखरेलले नेपाली राष्ट्रिय भाष हुने र हरेक प्रदेशमा स्थानीय दुईवटा भाषलाई सरकारी कामकाजको भाषा बनाउने व्यवस्था रहेको उल्लेख गरे । यस्तै अंगिकृत नागरिकलाई प्रमुख पदमा पु¥याउन नहुने अडानबाट समेत एमाले पछि नहट्ने उनले जिकिर गरे ।
संशोधनको औचित्य स्पष्ट पार्न नसक्ने तर संविधानको संशोधनको प्रस्ताव अघि सार्ने सरकारको व्यवहारप्रति कटाक्ष गर्दै महासचिवले भने,‘ताकद छ भने संशोधन प्रस्ताव दर्ता गर, हामी एउटा एउटा विषयमा त्यसको प्रतिवाद गर्छौ ।’ राष्ट्रिय हित विपरीतको संविधान संशोधनको पक्षमा नेकपा एमाले कहिल्यैपनि नउभिने जिकिर गरेका महासचिव पोखरेलले यहाँका दल र नेताहरुलाई यो संशोधन नचाहिएको बताए ।
पार्टीले शुरु गरेको चार महिने अभियानका क्रममा एमाले नेतृत्वको सरकारले गरेका काम र संविधानका विषयलाई लिएर फैलाइएका भ्रम चिर्न गाउँगाउँसम्म केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
आसन्न नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा समेत पार्टी एकताको सन्देश दिनेगरि सर्वसहमत नेतृत्व चयन गर्न आग्रह गरेका नेता पोखरेलले आवश्यकता परे केन्द्रीय कमिटिले सहजीकरण समेत गर्ने बताए ।
कार्यक्रममा कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख भीम आचार्य, सहइन्चार्ज शेरधन राईले एमालेको अभियान र अहिलेको बर्तमान राजनितिक अवस्थाको विषयमा चर्चा गरे । कार्यक्रममा जिल्ला अध्यक्ष महेश रेग्मी, नेता राजेन्द्र गौतम, तेजबहादुर ढकाललगायतले बोलेका थिए ।