AArya
RUMPUM
animated ellipse animated ellipse

काम चलाउ सरकारले गरेको निर्णय उपयुक्त छैन– डा. कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७४, बिहीबार १८:४७
3
Shares
फाइल तस्वीर
विराटनगर, १८ माघ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकार काम चलाउ भइसकेकाले पछिल्लो पटक सरकार गरेको निर्णय उपयुक्त नभएको वताए ।

प्रेस युनियन मोरङले विराटनगर स्थित कोइराल निवासमा आज गरेको पत्रकार सम्मेलन वोल्दै नेता कोइरालाले सरकार काम चलाउ हैसियतमा पुगिसकेकाले लोककल्याणकारी अवस्थाका दुरगामी प्रभाव पर्ने कुनैपनी निर्णय सरकारले गर्न नहुने वताए । लोकतन्त्रको विधि र पद्धतिलाई स्वीकार्ने हो भने सवैदलको सहमतीमा मात्र महत्वपुर्ण निर्णय गर्नु पर्ने उनले वताए ।

उनले ५५ वर्ष पुगेका दलित समुदाय तथा ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई समाजिका सुरक्षा भत्ता दिने कुरा व्यवहारमा राम्रो भएपनी मुलुकको ढिकुटिले त्यसलाई धान्न सक्छ वा सक्दैन त्यो वुझनु पर्ने वताए । वर्तमान सरकार काम चलाउ भइसकेकाले राजनितिक नियुक्ति समेत गर्न नहुने पंक्षमा आफु रहेको उनको भनाई छ ।
कांग्रेसलाई जनताले प्रतिपक्षमा वस्ने म्यान्डेड दिएकाले फाटफुट निर्णय गरेर भोलीका दिनमा देशलाईनै अहित पु¥याउने काम गर्न नहुने वताए ।

ने्पाली जनताले सरकार वनाउने जिम्मा वाम गठवन्धनलाई दिएकाले अव नेपाली कांग्रेस पाँचवर्ष सम्म प्रतिपक्षमा वस्नुपर्ने नेता कोइरालाको भनाई थियो । राजनितिक स्थायीत्व र मुलुकको समवृद्धिका लागीपनी स्थिर सरकार आवश्यक रहेको उनको भनाई थियो ।
उनले वाम गठवन्धनको सरकारले देश र जनताको पंक्षमा गर्ने निर्णयलाई कांग्रेसलेपनी सहयोग गर्ने बताए । डा. कोइरालाले कांग्रेस प्रतीपंक्षमा भएपनी अव वन्ने सरकारलाई सहयोग गर्ने प्रष्ट पारे ।

उनले संघिय सरंचना अनुसार कांग्रेसपार्टीको विधान परिवर्तनका लागी पार्टिले तत्काल महासमितिको वैठक वोलाउनु पर्ने वताए । डा. कोइरालाले महासमितिको वैठक वोलाएर एक वा डेढवर्ष भित्र पार्टिको महाधिवेशनका मिति टुंगो लगाउनु पर्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर