AArya
RUMPUM
animated ellipse animated ellipse

१८ महिना पछि खेलमा फर्किएको थ्रीस्टारलाई इटहरी गोल्डकपको उपाधी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७४, शनिबार १९:२८
3
Shares
इटहरी १३ माघ /१८ महिना पछि खेलमा फर्किएको थ्रीस्टार क्लबले मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि हात पारेको छ । आज इटहरीमा भएकोे फाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङदी क्लबलाई १–० गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो

उपाधि जितेको थ्रिस्टारले नगद १२ लाखसहित अढाई तोला मदन भण्डारी अंकित सुन र ८० तोलाको रनिङ ट्रफी पाएको छ । दोस्रो भएको मनाङले भने ५ लाखमा चित्त बुझाएको छ । थ्रिस्टारलाई जिताउन बुद्ध चेम्जोङले गोल गरे । उनले खेलको ३७ औ मिनेटमा बिमल घर्तिमगरले डि बक्स बाहिरबाट दिएको पासलाइ सदुपयोग गर्दै गोल निर्णायक बन्दा थ्री स्टारले डेढ वर्षपछि घरेलु फुटबलमा उपाधि उचालेको हो ।

गत वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) को गैरजिम्मेवारीका कारणले थ्रीस्टार एएफसी कप खेल्नबाट बञ्चित भएको थियो । त्यसयता थ्रीस्टारले क्षतिपूर्तिको माग गर्दै फुटबल नखेल्ने घोषणा गरेको थियो। एन्फासँग सहमतिपछि थ्रीस्टार यहि महिना भएको सूदूरपश्चिममा खप्तड गोल्डकपबाट फुटबलमा फर्किएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी थ्रिस्टारका अनन्त तामाङ घोषित भए । उनले २५ हजार र ४२ इन्चको एलइडी टेलिभिजन प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलकिपर थ्रिस्टारका एलेन न्यौपाने, उत्कृष्ट फरर्वाड थ्रिस्टारका अजयी मार्टीन, उत्कृष्ट प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी, उत्कृष्ट डिफेन्डर मनाङका बिराज मर्हजन, उत्कृष्ट मिड फिल्डर मनाङका हेमन गुरुङ घोषित भए । उनीहरु सवैले जनही २० हजार नगद प्रप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने थ्रीस्टारका अजयी मार्टीन र मानाङका सुजल श्रेष्ठ घोषित भए । दुवैलाई १५ –१५ हजार प्राप्त गरे । उदयमीमान खेलाडी भने आयोजक राष्ट्रिय जागृती क्लबका विजय राई घोषित भए । उनले १८ हजार मुल्यको मोबाइल सेट प्राप्त गरे ।

बिजेता तथा उपबिजेता खेलाडीलाई राखेपका सदस्य सचिव केशवकुमार बिष्ट एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राइलगायतले पुरस्कार पुरस्कार तथा ट्रफि वितरण गरे । माघ ६ गतेदेखि सुरु भएको गोल्डकपमा दुइ बिदेशी सहित ८ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर