पूर्वाञ्चल खबर
अपांग महासंघ क्षेत्रीय समितिका अध्यक्ष राम कार्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै संविधानले व्यवस्था गरे अनुसार राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा कुनै राजनीतिक दलले अपांगता भएकाहरुको प्रतिनिधित्व नगरेको भन्दै विरोध गरिएको छ ।
नेपालको परिवर्तित आन्दोलनमा अपांगता भएका व्यक्तिहरूले भूमिका खेलेको भएपनि राज्यका निकायमा सहभागी बनाउने कुरामा राजनीतिक दल उदासिन भएको विज्ञप्तिमा उल्लेख छ ।
‘राज्यका सम्पूर्ण निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व गर्दै राष्ट्र निर्माणमा आपूmले पनि महत्वपुर्ण योगदान दिने सपना देखेका हामी अपांगता भएका ब्यक्तिहरू राजनैतिक दल र राज्यले गरेको उपेक्षाले मर्माहत र स्तब्ध बनेका छौ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हामीलाई संविधानले दिएको हक अधिकारबाट बञ्चीत गरि सडक संघर्षमा जान बाध्य नपारियोस् ।’
अपांगता भएका व्यक्तिहरू संविधानमा भएको मूल प्रस्तावना तथा धारा ४२ को उपधारा १ ले सुनिश्चीत गरेको सामाजिक न्याय को हकबाट बंचित गरिदै अहिले राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा कुनैपनि राजनैतिक दलले प्रदेश नम्बर १ मा उम्मेदवार नबनाएको विज्ञप्तिमा उल्लेख छ ।
दलहरुले नेपालको संविधान २०७२ को मुल प्रस्तावनाको अनुच्छेद ४ को पनि उल्लंघन गरेको कार्कीले दाबी गर्नुभएको छ । आगामि दिनमा राजनीतिक दललाई खबरदारी गर्दै अपांगताहरूको अधिकारलाई स्थापित गर्दैै संविधानको कार्यन्वयन गराउन पहल गर्न विज्ञप्तिमा सबैलाई अपिल पनि गरिएको छ ।
आजको जनविद्रोह दैनिकमा छापिएको छ ।