AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

टाढाका ताराहरु हेरेर रमाउँदा नजिकको चन्द्रमालाई नबिर्सौं

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७४, बिहीबार १८:४९
18
Shares
तिलकुमारी शर्मा
तिलकुमारी शर्मा
त्यस दिन श्रीमान् अरु बेलाभन्दा फरक थिए । राती निकै अबेला घरमा आए । खाना खाए । त्यसपछि भने ‘मलाई डिभोर्स देउ ।’ श्रीमतीको अनुहारमा कुनै हैरानी देखेनन् उनले ।

श्रीमतीले नम्र स्वरमा सोधिन‘किन डिभोर्स माग्दै छौ ?’ श्रीमानले कुनै प्रतिक्रिया नदिएपछि उनी निरास भइन् । एकछिनमा उनले भने ’’म अरु कसैलाई प्रेम गर्छु । तिमी प्रती कुनै आकर्षण छैन ।’

अर्को दिन श्रीमतीलाई घर, कार, केही रकमहरु दिने सर्तहरू समावेश गरेर डिभोर्सका सबै कागजपत्रहरु तयार गरे । उनले तिनैलाई छाड्दै थिए जोसँग उनले १० वर्ष सँगसँगै बिताएका थिए । श्रीमतीको समय, उर्जा बर्वाद गरिदिएकोमा कता कता मनमा खिन्नता थियो । तापनि बितेको समय फिर्ता गर्न सक्दैनथे उनी । यो सुनेपछि श्रीमानको अगाडी गएर उनी चिच्याई चिच्याई रुन थालिन् । उनको आत्मा, दुखेको थियो । जुन स्वाभाविक पनि थियो । उनको अनुहारमा पीडा देख्दा डिभोर्स भएको यथार्थ लाग्थ्यो

अर्को दिन उनी नयाँ प्रेमिकासँग केही समय बिताएर अबेर घर फर्किए । उनी घर पुग्दा उनकी श्रीमती कुर्सीमा बसेर केही लेख्दै थिइन् । केही बेरमा उनले प्रस्ताव सहित आफु डिभोर्स दिन तयार भएको बताइन् । उनले त्यो प्रस्तावमा ‘मलाई घर,कार, पैसा केही चाहिँदैन ।

अबको ३० दिन पहिलाको जस्तै जीवन बिताउन चाहन्छु’ उनले कारण बताउँदै भनिन् ‘यो महिना हाम्रो छोराको परिक्षा छ । हाम्रो सम्बन्धको कारण उसलाई बाधा नहोस् ।’ अझै अगाडि थप्दै विगत सम्झाउदै भनिन् ’’विवाहको दिन तिमीले मलाई कसरी उचालेर बोकेका थियौ । त्यसरी नै एक महिना हरेक दिन तिमीले बेडरुमबाट बैठक रुमसम्म यो महिना भरि बोक्नु पर्छ ।’ श्रीमतीको कुरा सुनेपछि श्रीमानलाई लाग्यो कस्तो पागल कुरा गर्दैछ । तैपनि छुट्टीनु अगाडी उनले श्रीमतीको सर्त पूरा गर्न स्वीकार गरे ।

पहिलो दिन श्रीमतीलाई उचाल्दा एकदम भद्दा लाग्यो । तर छोराले देखेर ताली पिट्दै भन्यो ‘बाबाले ममीलाई माया गरेको’ । कता कता छोराको कुराले भित्र नमिठो गरि छोयो उनलाई ।

जब श्रीमतीलाई बेडरुमबाट बोकेर बैठकरुमको सोफासम्म पुर्याए, त्यतिबेला आँखा बन्द गरेर श्रीमतीले सुस्तरी भनिन् ‘हाम्रो डिभोर्सको कुरा छोरालाई नभन है !’ श्रीमानले शीर हल्लाउदै मौन प्रतिक्रिया दिए ‘हुन्छ’ ।

दोश्रो दिन हिजोजस्तो गाह्रो भएन बोक्न उनलाई । बोकेको बेला श्रीमानको छातीमा टाउको झुकाउदा श्रीमतीको शरीरको वास्ना नाकमा ठोक्कियो । त्यसपछि उनले याद गरे उनले त बर्षौंदेखि श्रीमतीलाई राम्रोसँग हेरेका पनि रहेनछन् । उनका अनुहारका रेखाहरू पर्दै रहेछन, कपाल झुम्रो परेको थियो । अनि केही बेर सोचे ‘मैले उसको जीवनमा के गरें ?’

जब चौथो दिन उनीलाई उचाले उनीप्रतिको पूरानो आत्मियता फर्किएको आभास भयो । अनि सोंचे ‘उसले त उसको १० बर्षको जीवन दिएकी छ मलाई, तर मैंले के दिए ?’

पाँचौं, छैठौं दिनमा उप्रतिको आत्मियता बढ्दो थियो । उनलाई उचाल्न झन् झन् सजिलो हुँदै थियो । उनी झन् पातली हुदँै गएको आभास भयो ।

अर्को दिन बिहान उनको दिमागमा एकाएक सन्नाटा छायो र सोंच्न थाले ‘कति पीडाहरू झेलेकी छ उसले, उसको मन फाटेको छ ।’ यही सोच्दै नजिक पुगेर अचानक श्रीमतीको कपाल सुम्सुम्याए । त्यहीबेला छोरा आएर भन्यो ‘बाबा अब ममीको बोक्ने टाइम भयो ।’
उसकालागि बाबाले ममीलाई बोक्ने अनिवार्य दैनिकी जस्तै भएको रहेछ ।

छोरालाई इसाराले बोलाइन् र छातीमा बेस्सरी टासिन् । उनी अर्कोतिर फर्किए । कतै आफू परिवर्तन हुने त होइन भनेर डर लाग्यो । उनले मन थाम्न सकेनन् । श्रीमतीलाई अँगालोमा बाँधे । उनले पनि श्रीमानलाई दुबै हातले बाधिन् । उनले अझै जोडले कसे, त्यो दिन विवाहको पहिलो दिन जस्तै भयो ।

अन्तिम दिन जब उनले श्रीमतीलाई उचालेर लैजादै गर्दा उनलाई धेरै गाह्रो भयो । मन तरंगित भयो । केही गुमाउदै छु जस्तो लाग्यो । नमिठो गरि मन चिमोटियो । त्यसपछि अब के गर्ने भन्ने निष्कर्षमा पुगे ।

नयाँ प्रेमिकाकोमा पुगेर भने ‘मलाई माफ गर,म मेरी श्रीमतीसँग डिभोर्स गर्न सक्दिन ।’ मलाई प्रेमका प्रकाशहरुले उज्यालो देखाइ दिए । विवाह बन्धनमा बाधिदा खाएको कसम मैंले बिर्सिएको रहेछु । अब जीवनभर उनको साथ दिनेछु।’ त्यसपछि उनले श्रीमतीकालागि गुलाबको फूल किनेर मन्द मुस्कान सहित घर पुगे । जहाँ उनले आफ्नी श्रीमतीको मरेको लास भेटे ।

उनले बल्ल थाहा पाए कि महिनौंदेखि क्यान्सर रोगको पीडामा छटपटाई रहेकी रहिछन् । श्रीमान् भने नयाँ प्रेमिकाको अनुरागमा डुबिरहेका थिए । उनीलाई थाहा थियो आफ्नो मृत्यु दिन प्रतिदिन नजिकिंदैछ भन्ने । त्यसैले त आफ्नो अन्तिम क्षणसम्म छोराले आफूहरू एकअर्काप्रति समर्पित छौं भन्ने देखोस् भन्ने उनको चाहना थियो । हामी कहिलेकाही टाढाका ताराहरु हेरेर रमाइरहककदा नजिकको चन्द्रमालाई बिर्सन्छौं ।

यो कथा मैले कतै पढेकी थिए । यो कथा कतिपयको जीवनमा मेल खान सक्छ । त्यसैले यो घटनाबाट शिक्षा लिन सकिन्छ भन्ने उद्देश्य राखी सचेतनाकालागि सबैमा पुर्याउन चाहेकी हुँ । हाम्रो समाजमा यस्ता श्रीमतीहरु पनि छन् जसले आफ्ना श्रीमानलाई भगवान सरी मान्छन, अन्धभक्त भएर । पति र परिवारका सदस्यलाई आफुलाई भन्दा बढी माया र ख्याल गर्छन् । एकातिर यस्ता श्रीमतीहरु छन् भने अर्कातिर यस्ता श्रीमतीलाई चिन्न नसकेर वेवास्ता गरेर अन्यत्र परस्त्री सँग रमाउने पुरुषहरूको पनि कमी छैन ।

घरकी श्रीमती बिरामी हुँदा समय सम्म नदिने तर परस्त्रीसँग हर समय बिताउन चाहने पुरुषको संख्या पनि दिन प्रतिदिन उकालो लागिरहेको छ । जसले गर्दा यस्ता कथाहरु यथार्थमा परिणत हुँदैछन् । हाम्रै आँखा अगाडी यस्ता अनेकौं घटना छन् । जसले कतिको सम्बन्ध टुटाएको छ भने कतिको जीवन नै चुडाएको छ । कति सम्बन्ध र जीवन जानेर टुट्छन् भने कति अन्जानमा टुट्छन् त कतिपय सम्बन्ध र जीवन गलत बुझाइले पनि टुट्छन् ।

कतिलाई आफ्नो राम्रो लाग्दैन अरुकोमा रमाउन चाहन्छन् । नजिकै अनि आफुसँग भएको देख्दैनन् तर टाढाको र अरुप्रति आकर्षित हुन्छन् । अरुको बोली र व्यवहार राम्रो लाग्छ तर घरभित्रको आवाज सुन्न र बुझ्न कन्जुस्याई हुन्छ । जसले गर्दा यस्ता घटनाहरु निम्तिन्छन् । आधुनिकताले विकास र प्रविधि भित्र्याइदिएको छ । यो सककगसँगै बिकृती पनि भित्रिएको छ ।

यस कथामा श्रीमानको कमजोरी र गल्ती देखाएको छ । यसो भन्दा श्रीमतीको गल्ती र कमजोरी हुदैन भन्ने होइन । दुवै तर्फबाट भएको कमजोरी र गल्तीबाट ठूला ठूला घटना निम्तिएकाछन् ।जब जीवनमा प्रतिकुल असर परिसक्छ अनि मात्रै होस् खुल्छ । जब होस खुल्छ तब धेरै ढिलो भैसकेको हुन्छ । त्यसैले दुवै तर्फबाट मर्यादा ननाघ्ने र नैतिक आचरणमा बस्ने हो भने यस्ता घटना निमिट्यान्न हुन कतिबेर लाग्दैन ।

त्यसैले टाढाका ताराहरु हेरेर रमाउँदा नजिकको चन्द्रमालाई नबिर्सौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर