पूर्वाञ्चल खबर
आज क्षेत्रिय निर्वाचन कार्यालयको भवन उद्घाटन गर्दै यादवले मिति घोषणा गर्ने अधिकार आयोगलाई दिए आयोग शक्तिशाली हुने र निर्वाचन सम्पन्न गर्न सहज हुने बताए ।
आयुक्त डा. यादवले माघ–७ गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ–२४ गते हुने राष्ट्रसभाको निर्वाचन प्रक्रियालाई असर नर्पनेगरी निर्वाचन आयोग आफ्नो काम कार्यवाहीलाई अघि वढाउन वाध्य हुने बताए । उनले प्रदेश प्रमुख नतोकिदा निर्वाचन सम्वन्धि कानुनी जटिलता उत्पन्न भएकाले चाडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरे ।
यादवले प्रदेश प्रमुख नतोकिदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सुचि वुझाउने समस्या भएको बताए ।
राष्ट्रसभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभा पूर्ण नहुने बताउदै यादवले राष्ट्रिसभाको निर्वाचन सम्पन्नगर्नकालागि आयोगले प्रक्रिया अगाडि बढाइ सकेको बताए ।
यादवले उद्घाटन गरेको कार्यलयमा यस अघि देखि नै क्षेत्रिय निर्वाञ्चन कार्यालय सञ्चालनमा रहेको थियो ।
विराटनगर महानगरपालिका वडा न. १० मा चार कठृा जग्गामा निर्मित तीन तल्ले भवनमा सभाहल सहित जम्मा १२ वटा कोठाहरु छन् । भवन निर्माणका लागि १ करोड ४५ लाख खर्च भएको क्षेत्रीय निर्वाचन आयोग विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।