पूर्वाञ्चल खबर
राजधानी विराटनगर हुनु पर्ने माग सहित विराटनगरबाट पुगेको टोलीसँगको भेटमा प्रचण्डले प्रदेश नं १ को राजधानी बन्ने पहिलो हक विराटनगरलाई भएको बताएका हुन् । विराटनगर ऐतिहासिक ,राजनैतिक र विकासको हिसावले उपयुक्त रहेको प्रचण्डको भनाई छ ।
१ नं प्रदेशका प्रदेशसभा सदस्य केदार कार्की,विराटनगर महानगर पालीकाका मेयर भीम पराजुली ,माकेका युवा नेता तथा प्रचण्डका ज्वाई जीवन आचार्य,नेपाली कांग्रेस काठमान्डौ मोरङ सम्पर्क समितिका उपाध्यक्ष टायम कट्टेल, कांग्रेसका युवा नेता सानुवावु महर्जनलगायत प्रदेशको राजधानी विराटनगर हुनु पर्ने मागसहित आज प्रचण्डलाई भेट्न काठमाण्डौ पुगेका थिए ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले विराटनगर १ नम्बर प्रदेशको राजधानी हुने र पहिलो हक विराटनगरकै रहने धारणा व्यक्त गर्नु भएको विराटनगर महानगरका मेयर पराजुलीले बताए ।