पूर्वाञ्चल खबर
हरेक बर्ष झै यस पटक पनि ६९ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर पूर्वाञ्चल मानव अधिकार संजालले अधिकारर्कीहरु त्रिलोक न्यौपाने र शारदा शाह निरौलालाई सम्मान गरेको हो ।
दिवसको अवसरमा संवाल र राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरको संयुक्त आयोजनामा गरीएको कार्यक्रममा उनीहरुलाई उच्च अदालत विराटनगरका न्यायधिस ऋषिराम दवाडी,मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य , प्रदेश एक प्रहरी प्रखुम एआइजी पशुपति उपाध्यायलगायतले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
सो अबसरमा संजालका संयोजक एबं इन्सेक क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले धेरै चुनौतीका बावजुत पनि अधिकारकर्मीहरु सामाजिक न्यायका निम्ती लागिरहेको भन्दै सम्मान कार्यक्रममले यो अभियानमा लाग्न प्रेरणा मिल्ने बताए ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरकी निमिक्त निर्देशक मञ्जु खतिवडाले मानवअधिकारको संरक्षण गर्ने मुख्य दायित्प राज्यको रहेको बताउँदै संविधानमा पनि अधिकारको कुरा समाबेश भएकोले कार्यान्वयनको पाटो बलियो हुनुपर्ने बताइन ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र एक नम्बर प्रदेश प्रहरी प्रमुख पशुपति उपाध्यायले नागरिकको अधिकार आफ्नो प्राथमिकता भएकोले आफ्नो तर्फबाट मानवअधिकारको रक्षाका निम्ती कुनै कसर वाकी नराख्ने बताए ।
त्यसैगरी उच्च अदालत विराटनगरका न्यायधिस ऋषिराम दवाडीले राज्यका जुनसुकै निकाय भएपनि मानवअधिकारको रक्षा गने दायित्वबाट अछुतो नहरेको भन्दै कर्तब्य सम्झेर कार्यान्वयन तर्फ लाग्नुपर्ने बताए । उनले अन्तराष्ट्रिय महासन्धीहरुमा हस्ताक्षर गरेकोले पनि त्यसको कार्यान्वयन सर्बैको दायित्व भएको बताए ।