AArya
RUMPUM
animated ellipse animated ellipse

पैसाले हारेको चुनाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७४, शनिबार १९:४०
3
Shares
विराटनगर, २३ मंसिर / निर्वाचन भइरहेको समयमा (मंसिर २१) विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको मतदानस्थलमा भेटिएका एक यूवाले भने, ‘किनेको मत झरेन भने लालबाबुले जित्छन् ।’

सामान्य प्रशासनमन्त्री हुँदा डिभी र पीआरधारी कर्मचारीलाई कि जागिर कि डिभीपीआर छोड्न लगाएर लोकप्रिय बनेका सादगी नेता लालबाबु पण्डितले अन्ततः कांग्रेसका डा.शेखर कोइरालालाई पराजित गरेका छन् ।

धेरैले मोरङमा कांग्रेसको जन्मथलो मात्रै होइन मोरङका मान्छे नै कांग्रेस भएर जन्मन्छन् जस्तो विश्लेषण गर्दै आएका थिए । तर, यस पटक खसेको मतले त्यो कुरालाई अस्वीकार गरेको छ र मोरङका जनता क्रान्ति परिवर्तन र नयाँ पन चाहन्छन् भन्ने देखाएको छ ।

मोरङ क्षेत्र नम्बर ६ मात्रै होइन मोरङको ३ नम्बर क्षेत्रबाट निर्वाचनमा उठेका कांग्रेसका उम्मेदवार सुनिल शर्मा हुन् या ४ नम्बर क्षेत्रका महेश आचार्य हुन् उनीहरुले पैसा र पावरको भरपुर उपयोग गर्दै अन्तिम समयसम्म भोट किनबेचको प्रयास भएको बजारीया हल्ला ठूलै थियो ।

मोरङ क्षेत्र नम्बर ३ मा इमानको राजनीतिले नै सुनिल शर्मालाई हराउँछु भन्ने एमालेका तर्फबाट उम्मेदवार बनेका भानुभक्त ढकाल झण्डै झण्डै चिप्लिएका थिए । स्थानीय तहको निर्वाचनमा २१ हजारभन्दा बढी मत अन्तर भएको बताउने बामपन्थीहरुको कति मत विक्रीभयो वा प्रभावित भयो भन्ने कुराको खोजी गर्न सुनिल शर्माले पाएको मत परिणाम हेर्दा प्रष्ट हुन्छ ।
एमालेको गढ भनेर चिनिएको उक्त क्षेत्रमा कोही पनि कांग्रेसका नेता चुनाव लड्न नमानेपछि चिठ्ठा पाएका सुनिल शर्माका लागि पैसा र प्रलोभन, मिडिया प्रपोगाण्डा, रक्सी र बियरका कार्टुन खोल्दासम्म थाहा थिए । तर, जब मतपेटिका बाक्सा खोलिए १९ सय मतअन्तरले शर्मा पछारिए । कमजोर स्थानमा चुनाव लड्न गएर हाराहारी मत ल्याउनु कांग्रेसजनका लागि ‘मुतको न्यानो’ भएपनि यथार्थमा चुनाव हारेकै हो ।

चुनाव मात्रै होइन, अराजनीतिक हर्कत, पैसा र प्रलोभनले पनि हारेको हो ।
यसका साथै मोरङ क्षेत्र नम्बर ४ र ६ मा कांग्रेले चुनाव हार्ने कल्पना पनि गरेको थिएन, न त कांग्रेसी समर्थकले नै गरेका थिए । अन्ततः सबैभन्दा कमजोर भनिएको मोरङको क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका उम्मेद्वार अमनलाल मोदीले पूर्व अर्थमन्त्रीसमेत रहिसकेका महेश आचार्यलाई पराजित गरे ।

बौद्धिक नेता महेश आचार्यलाई मोदीले ६ हजार ७ सय २९ मतको फरकले हराउँदै माओवादी केन्द्रका जिल्ला तहका नेता मोदीले लाल झण्डा फहराएका छन् । उमेरमा मोरङको कान्छा विजेताका रूपमा मोदी प्रतिनिधिसभामा जान लागिरहेका छन् । उनकै शिकार बनेका महेश आचार्य पुनः उक्त क्षेत्रमा निर्वाचन लड्छन् या लड्दैनन् भन्ने चर्चाको विषय छ ।

यता कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजाल कांग्रेसका लागि मोरङमा बिउ जोगाउन सफल भएका छन् । काग्रेस राजधानी भनिने मोरङका ६ मध्ये क्षेत्र नम्बर २ मा १ स्थानबाट जितेर केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजालले जिल्लामा कांग्रेसको बीउ जोगाएका हुन् । मोरङमा क्षेत्र नम्बर २ बाहेकका ५ वटै क्षेत्रमा वाम गठबन्धन समर्थित आकांक्षी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर