AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर तालिमकेन्द्रबाट ५६ प्रहरी दिक्षीत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७३, मंगलवार १७:४२
3
Shares
७ मंसिर,विराटनगर/ १ सय ३३ औ समुहको प्रहरी जवान आधारभूत दिक्षीत समारोहबाट ५६ जना प्रहरी दिक्षीत भएका छन् ।
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरबाट नौ महिने आधरभूत तालिम लिएर उनीहरुलाई मंगलबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि दिक्षीत गरेको हो ।
दिक्षीत भएका प्रशिक्षर्थीलाई पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरी राज घिमिरेले दिक्षीत गरेका छन् । दिक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
दिक्षीत समारोहमा बोल्दै महानिरीषक घिमिरले ९ महिनाको आधारभूत तालिममा सिकेका व्यवसायिक ज्ञानलाई कार्यक्षेत्रमा अक्षरस लागू गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए । उनले आधारभूत तालिमबाट प्रहरी सेवामा चाहिने अनुशासन, सहनशक्ति, आत्मबिश्वास र व्यवसायिक ज्ञान, सिप जस्ता आवश्यक पूर्वाधारहरुको बिकास भएको हुँदा सिकेका ज्ञान, सिपलाई आत्मसात गर्दै कार्यक्षेत्रमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले व्यवसायीक प्रहरी भई जनता माझ प्रस्तुत हुन तथा राष्ट्र र जनताको सुरक्षामा जिम्मेवार, उत्तरदायी र जवाफदेही बन्न समेत प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा तालिम केन्द्रका निमित्त समादेशक प्रहरी नायव उपरीक्षक किसन सिंह थापाले काँचो माटोलाई कुमालेले भाँडाको आकार दिए जस्तै तालिमको क्रममा व्यवसायिक प्रहरी बन्नका लागी आवश्यक ज्ञान तथा सिप प्रदान गरी दिक्षीत गरेको हुनाले संगठनको उद्देश्य अनुरुप कार्यक्षेत्रमा कटिबद्ध भएर लाग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर