AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कलेजमा विद्यार्थी ठग्दै, गाउँमा आश्वासन बाँड्दै कांग्रेसका उम्मेद्वार ‘सुनिल शर्मा’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७४, शनिबार १७:५२
9
Shares
नवराज कट्टेल
विराटनगर, १६ मंसिर/ मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उमेदवार बनेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले निर्वाचन खर्च जुटाउन विद्यार्थीसँग बढी रकम असुलेका छन् । काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नोबेल मेडिकल कलेजले विद्यार्थीको ढाड सेक्ने गरी शुल्क असुल्न थालेको हो ।

नोबेल मेडिकल कलेजले विश्वविद्यालयले तोकेको भन्दा बढि शुल्क लिएर एमबीबीएसमा भर्ना लिने गरेको छ । चालु शैक्षिक सत्रमा विश्वविद्यालयले एमबीबीएसको लागि ४७ लाख ९० हजार रुपैयाँ तोकेकोमा ५७ लाख ९० हजार रुपैयाँ तिर्नुपर्ने भन्दै विद्यार्थीसँग अहिले ‘बार्गेनिङ्ग’ थालिएको छ ।

गाउँगाउँमा मतदातासम्म पुगेर शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा लिँदै मत माग्ने सुनिलले कलेजमा भर्ना भएका विद्यार्थीसँग भने गैरकानुनी रूपमा भर्ना शुल्क मागेका हुन् । निर्वाचनमा धेरै खर्च गरिरहेका सुनिलले अहिले आएर विद्यार्थीसँग अधिक शुल्क माग्न थालेका छन् । विद्यार्थीलाई दश लाख बढी रकम लिएर उनले निर्वाचन क्षेत्रमा खर्च गरिरहेको बुझिएको छ ।

सुनिल मात्र नभई मोरङको बुढीगंगा गाउँपालिकामा १ टंकिसिनवारीमा रहेको विराट मेडिकल कलेजले समेत बढी शुल्क लिइएको विद्यार्थीले गुनासो गरेका छन् । विराटले १४ लाख रुपैयाँ बढी शुल्क लिई एमबीबीएस अध्ययन गर्ने विद्यार्थी भर्ना गराएको गुनासो छ । तर, विराटले भने कसैको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्दै मत भने मागेको छैन ।

नोबेलले भर्नाकै क्रममा विद्यार्थीमा ‘डाक बढाबढ’ गराएर रकम असुल्ने गरेको थियो । तर, यसवर्ष भने भर्ना भएका विद्यार्थीसँग विभिन्न शीर्षकहरू खडा गरेर रकम माग्ने काम भएको हो ।

प्रवेश परीक्षा दिएर नाम निकाल्ने विद्यार्थीबीच नोबेलले भनेजति रकम दिनेलाई प्राथमिकतामा राखेर भर्ना गराउँदै आएको छ । नेपाल सरकारको निर्णयपछि काठमाडौं विश्वविद्यालयले एमबीबीएसका लागि ३६ लाख २८ हजार भर्ना शुल्क तोकेको थियो । मेडिकल कलेज सञ्चालनको प्राथमिक चरणमा विद्यार्थीबाट यति रकम लिनुपर्ने भनिएको हो ।

नोबेलले भने प्रारम्भिक चरण पार गरिसकेको हुनाले ४७ लाख ९० हजार रुपैँया लिन पाउँछ । तर, तोकिएभन्दा दश लाख बढी रकम लिएर नोबेलले विद्यार्थीमाथि अन्याय गरेको छ । ‘कलेज प्रशासनले ट्युसन शुल्क भन्दै सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न दबाब दिन्छ ।’ अध्ययनरत एक विद्यार्थीले भने– ‘सुरुमा त्यतिनै भनिएको थियो, अहिले विभिन्न शीर्षकमा थप्नुपर्ने भन्दै आएको छ ।’ पहिलो किताबबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर