AArya
RUMPUM
animated ellipse animated ellipse

भोजपुर सदरमुकाममा भीषण आगलागी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०७३, आईतवार २०:४५
3
Shares
फाइल तस्वीर
५ मंसिर, भोजपुर/ भोजपुर सदरमुकाममा चार घन्टायता लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।
सुन पसलबाट सुरू भएको आगोले ११ वटा घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ।
आगो अझै नियन्त्रणमा आउन नसकेकाले क्षतिबारे भन्न नसकिने भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए।
उनका अनुसार घरहरू जलिरहेका छन्। सदरमुकाममा एउटा मात्र दमकल रहेकाले आगो निभाउन कठिन परेको छ। नेपाल प्रहरी, सशस्त्र तथा सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।
शर्माका अनुसार अपराह्न साढे ४ बजेदेखि आगलागी सुरू भएको हो। काठका घर भएका कारण आगो केहीबेरमै फैलिएको थियो।
बजार नै जल्ने आशंकाले स्थानीय त्रसित छन्। सबै स्थानीयले आफ्नो घरबाट सामान बाहिर निकालेका छन्। ‘सामानको सुरक्षाका लागि बन्दोबस्त मिलाइरहेका छौं, बजार पूरै जल्ने हो कि भन्ने आशंकाले स्थानीयले सामान बाहिर निकालेका छन्,’ शर्माले भने।
आगो लाग्नुको कारण खुलेको छैन। भोटे पसलमा ग्यास पड्केर हो वा बिजुली विच्छेद भएर हो यकिन हुन नसकेको शर्माले बताए । सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर