पूर्वाञ्चल खबर
स्कूलल परिसमा एक कार्यक्रम आयोजना गरि अक्तिरिक्त क्रियाकलापदेखि अध्ययनमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो ।
नर्सरी देखि कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुले परीक्षामा प्रथम, द्धितीय, तृतीय हुने विद्यार्थी र हाजिरजबाफ, चित्रकला, कविता, गीतलगायतको विभिन्न विधामा बिजेता हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको स्कूलका प्रिन्सिपल रीता न्यौपानेले जानकारी दिइन् । उनका अनुसार विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्न स्कूलले हरेक गतिविधीहरु गर्दै आएको बताइन् । स्कूलका सिनियर शिक्षक पुरुषोतम अर्यालको सभापतित्वमा भएको कार्यक्रममा स्कूलका प्रिन्सिपल रीता न्यौपाने, स्कूल क्याप्टेन नेहा चौहान तथा भाइस क्याप्टेन ज्योती गौतमले पुरस्कार वितरण गरेका थिए ।