AArya
RUMPUM
animated ellipse animated ellipse

कांग्रेसका बरिष्ठ नेता पौडेलविरुद्ध काँग्रेसकै नेता जोशी बागी उम्मेदवारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ कार्तिक २०७४, बिहीबार २०:५०
3
Shares
काठमाडौं, १६ कार्तिक/नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध काँग्रेसकै नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।

जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट टिकट मागेका थिए । तर, कांग्रेसले बरिष्ठ नेता पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दिएका हुन् ।

पार्टीले स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रामचन्द्र पौडेललाई टिकट दिएकाले आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको जोशीले बताए । जोशीको समर्थनमा यसअघि सो क्षेत्रमा उनका समर्थकले प्रदर्शनसमेत गरेका थिए ।

जोशीको उम्मेदवारी दर्ताअघि सम्पर्क कार्यालयमा उनका समर्थक कांग्रेस कार्यकर्ताहरु जम्मा भएका थिए । जोशीले कांग्रेसको चारतारे झण्डा सहित जुलुस लिएर उम्मेदवारी दर्ता गराएको बुझिएको छ ।

जोशीको समर्थनमा भानु नगरपालिकाका मेयर समेत रहेका कांग्रेस क्षेत्रीय सभापति उदयराज गौली पनि उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर