AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेज बिराटनगरमा बेलायती विश्वबिद्यालयका पदाधिकारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ मंसिर २०७३, बुधबार २१:३१
3
Shares
१ मंसिर ,बिराटनगर बेलायतको १ सय ८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा (बिबिए) संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटन साथै बेलायतको शिक्षा क्षेत्रको गुणस्तरीयता मापन समितिको टोलीले भ्रमण गरेको छ ।
भ्रमणको क्रममा विश्वबिद्यालयका पदाधिकारीले कलेजमा बिद्यार्थीहरुका लागि रहेको सेवा सुबिधा , कलेजको भौतिक पूर्वाधारका साथै कलेजमा अध्यानरत बिद्यार्थीहरुसंग छलफल समेत गरेको थियो । चार सदस्यीय भ्रमण टोलीले उक्त कलेजको भ्रमण गरेर निक्कै खुसी भएको र पुर्बी नेपालको शिक्षा क्षेत्रमा मेरिल्याण्ड कलेजले पुर्याएको योगदानको उच्च कदर समेत गरेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।
स्नातक तहमा गुणस्तरीय व्वस्थापन शिक्षा दिदै आएको मेरिल्याण्ड कलेजमा २ सय ५० भन्दा बढी विद्यार्थी अध्यनरत रहेका छन् । कलेजका बिद्यार्थीहरुलाई वल्भरह्यामटन विश्वबिद्यालय कि वरिष्ठ प्राध्यापक डा. आशा एल्डरले बिद्यार्थीहरुलाई कक्षा लिनुको साथै उनीहरूसँग अन्तरक्रिया समेत गरेकी थिइन् ।
कलेजले समय–समयमा बिदेशी प्राध्यापकहरुलाई कलेजमा ल्याएर कक्षा संचालन तथा अन्तरक्रिया गराउने हुदा आफुहरुमा अन्तरास्ट्रिय स्तरको बिजनेस आइडिया तथा अन्य बिबिध कुराहरुको बारे जानकारी पाउन सजिलो भएको कजेजमा तेस्रो वर्षमा अध्यनरत छात्र निखिल शाक्यले बताए । कलेजमा यसबर्ष पुर्वान्चल साथ साथै भारतको फारबीज्गंज तथा सिलगुडीबाट पनि बिद्यार्थी पढ्न आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर