पूर्वाञ्चल खबर
कालिञ्चोक क्रिकेट ग्राउन्डमा शुक्रबार भएको खेलमा कोशीले एपिएफसँग ११ रनले पराजित भएको हो ।
एपिएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १४३ रन बनायो । कोशीका लागि अंकित सुवेदीले ५२ रन बनाए । ३९ बल खेल्दा उनले २ छक्का र पाँच चौका प्रहार गरे । यसैगरी क्रितिक कामतले ३८ बलमा २७ रन जोडे भने समीर कार्कीले ११ रन जोडे ।
एपिएफका अमर सिंह राउटेलाले ३ विकेट लिँदा अभिनाष बोहोराले २ तथा सन्तोष यादव र भुवन कार्कीले एक-एक विकेट लिए ।
यश अघि टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो । एपिएफको लागि दीपक बोहराले ४४ बलमा ५७ रन बनाए भने सुमित महर्जनले २८ रन बनाए ।
कोशीका लागि बिपीनकुमार महतोले तीन विकेट लिँदा प्रतीक पोखरेल र सुजन थपलियाले दुई-दुई विकेट लिए भने फिर्दोष अन्सारीले एक विकेट लिए ।