RUMPUM
animated ellipse animated ellipse

जहदा–३ द्वारा स्नातक तहमा अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०८३, बुधबार २०:४३
3
Shares
विराटनगर / ‘शिक्षित जहदा–समृद्ध जहदा’ अभियानलाई निरन्तरता दिँदै मोरङको जहदा गाउँपालिका–३ ले स्नातक तहमा अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ।

वडाभित्रका विभिन्न सरकारी कलेजमा अध्ययनरत छात्राहरूलाई एक कार्यक्रमका बीच किताब, कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो।

छात्राहरूलाई उच्च शिक्षामा प्रोत्साहन गर्ने तथा आर्थिक र शैक्षिक कठिनाइका कारण पढाइमा अवरोध नहोस् भन्ने उद्देश्यले वडा कार्यालयले २०७८ सालदेखि निरन्तर उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ।

वडाध्यक्ष अनिल ठाकुरको पहलमा सुरु गरिएको कार्यक्रमले छात्राहरूलाई उच्च शिक्षातर्फ अघि बढ्न प्रेरित गर्नुका साथै शिक्षामा पहुँच र अवसर विस्तार गर्ने लक्ष्य राखेको छ।

वडाध्यक्ष ठाकुरले शिक्षित समाज निर्माणका लागि छात्राहरूलाई उच्च शिक्षासम्म पुग्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै यस्ता सहयोगात्मक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले छात्राहरूको शिक्षा र भविष्य निर्माणमा स्थानीय तहबाट गरिने सानो सहयोगले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर