पूर्वाञ्चल खबर

विदाईको अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुती गरिएको थियो । विद्यार्थीलाई शुभकामना तथा आगामी दिनका चुनौती र त्यसका लागि विद्यालयबाट हुनसक्ने सहयोग निरन्तर जारी रहने विद्यालयका सेकेण्डरी प्रमुख विपिन यादवले बताए।
त्यसैगरी हाँस्दै खेल्दै गरेका आफ्ना दाजु दिदीहरूको विदाईले नराम्रो लागेता पनि पढाइका क्रममा उच्च शिक्षाका लागि विद्यालय छाडी गए पनि सम्झना र माया सदैव रहने कक्षा नौ कि छात्रा तृषना मैनालीले बताइन्। कक्षा १० को तर्फबाट प्रशान्त कामत, रोशनी साह, रोनक कामत र स्मारिका अधिकारीले आफ्ना अनुभव सुनाएका थिए ।