AArya
RUMPUM
animated ellipse animated ellipse

बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ चैत्र २०८२, शुक्रबार १७:००
27
Shares
विराटनगर / बाबुको हत्या गरेर फरार रहेका एक जना पुरुषलाई प्रहरीले डेढ महिनापछि झापा पक्राउ गरेको छ ।

रतुवामाई नगरपालिका–३ चौकीघाटका ४९ वर्षीय श्रवणकुमार सहनी आफ्नै बाबुमाथि आक्रमण गरेको डेढ महिनापछि आज पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सिजुवाका असई रमेश नेपाल नेतृत्वको टोलीले श्रवणकुमारलाई झापाको गौरीगन्ज गाउँपालिका–६ देवीगन्जबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार श्रवणकुमारले घरायसी विवादका क्रममा गत माघ २० गते साँझ आफ्नै बुवा ७० वर्षीय सत्रुधन सहनीलाई लछारपछार र कुटपिट गरेका थिए । छोराको आक्रमणबाट गम्भीर घाइते भएका सत्रुधनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

प्रहरीका अनुसार उपचार सम्भव नहुने भनेर अस्पतालले डिस्चार्ज दिएपछि उनलाई घर लगेर राखिएको थियो । सत्रुधनको आफ्नै घरमा फागुन २८ गते मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार सामान्य घरायसी विवादमा बुवालाई आक्रमण गरेर श्रवणकुमार फरार भएका थिए ।

आक्रमण गरेर भागेका उनी बाबुको मृत्यु हुँदासम्म पनि फेला परेका थिएनन् । लामो समयदेखि फरार रहेका उनलाई झापामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेर पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेका श्रवणकुमारविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । प्रहरीले आइतबार म्याद थप गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर