AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अर्किड स्कुलको मनायो वार्षिकोत्सव तथा अभिभावक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०८२, शनिबार १६:२७
477
Shares
विराटनगर / विराटनगर–१० मा रहेको अर्किड स्कुलले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।

आज विद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल मनिष भट्टराईले अर्किड स्कुलले केवल किताबी ज्ञान मात्र नभई विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै सीप र संस्कारसमेत सिकाउँदै आएको बताए । उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकास र जीवनोपयोगी शिक्षा प्रदान गर्ने सवालमा विद्यालय सधैँ अग्रणी रहेको उल्लेख गरे ।

कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले वर्तमान समयमा प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको औँल्याउँदै विद्यार्थीहरूलाई प्रविधिसँग जोडेर सीप र संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए ।

त्यसैगरी विद्यालयका अध्यक्ष अमित ढकालले गुणस्तरीय शिक्षाकै कारण अर्किड स्कुल विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको बताए । विद्यालयका निर्देशक दिपेश बास्तोलाले विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सदैव कटिबद्ध भएर अगाडि बढिरहेको विश्वास दिलाए ।
सो अवसरमा विद्यालयले पूर्व विद्यार्थीहरू र विभिन्न विधामा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई सम्मानसमेत गरेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरी सहभागी अभिभावक तथा पाहुनाहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर