खबर पूर्वाञ्चल
विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रमका बीच उम्मेदवारहरूलाई चुनावी प्रतिस्पर्धाका लागि आधिकारिक पत्र (टिकट) प्रदान गरिएको हो ।
एमालेले हिजो मात्रै मोरङका सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नामलाई अन्तिम रूप दिएको थियो । आज उम्मेदवारहरूलाई पार्टी कार्यालयमा बोलाएर चुनावी मैदानमा होमिन जिम्मेवारीसहितको टिकट हस्तान्तरण गरिएको हो ।
एमालले मोरङ क्षेत्र नं १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगडिया, ३ मा इरान राई, ४ मा जीवन घिमिरे, ५ मा मनोज अग्रवाल र ६ मा विनोद ढकाललाई उम्मेदवार बनाएको छ । टिकट वितरणसँगै जिल्लामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । पार्टी कार्यालयमा टिकट बुझ्न पुगेका उम्मेदवार र नेता–कार्यकर्ताहरूमा उत्साह देखिएको थियो । टिकट प्राप्त गरेसँगै उम्मेदवारहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्र बनाउने तयारीमा जुटेका छन् ।