AArya
RUMPUM
animated ellipse animated ellipse

मन्त्री भएपछि भेटे भीम पराजुलीले जेजजी आन्दोलनका घाइते सान्तनु ढकाललाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०८२, बुधबार १७:५४
288
Shares
विराटनगर / कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले जेनजी आन्दोलनका घाइते सान्तनु ढकाललाई मन्त्री भएपछि भेटेका छन् ।

मोरङ बुढीगंगा-७ का ढकाललाई आज उनकै निवास बरमनीया पुगेर भेट गरेका हुन्। पराजुलीले ढकालसँग भेटी, उनको स्वास्थ्यको बारेमा जानकारी लिएका छन् । प्रदेश सरकारको मन्त्री भएको दोस्रो दिननै उनी ढकालका आफन्त र परिवारजनसंग भेटेर आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।

ढकाललाई २३ भदौमा सुनसरीको इटहरीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका थिए । उनी उपचार पछि घरमै आराम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर