खबर पूर्वाञ्चल
विराटनगर / ब्लड क्यान्सर रोगबाट पीडित ११ वर्षीय बालकको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।
आज आफन्तले विराटनगरमा पत्रकार सम्मेलन गर्दै तीन वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित बनेका राजवीर ठाकुरको उपचारका लागि सहयोगको अपिल गरेका हुन् ।बालककी सानीआमा लक्ष्मी ठाकुरले आर्थिक अवस्था कमजोर हुँदा थप उपचारमा समस्या भएको बताइन् । उनका अनुसार बालककी आमा राधादेवी ठाकुरको माइत विराटनगर-९ स्थित घोगापुल चोक हो ।
उनको विवाह भारतको पूर्णियाका रिङ्कु ठाकुरसँग भएको थियो । उनीहरूसँगै आफन्तको पनि आर्थिक अवस्था कमजोर हुँदा बालकको उपचारमा समस्या भएको छ ।
बालकको उपचारमा हालसम्म १८ लाख बढी खर्च भइसकेको र बोनम्यारो ट्रान्सप्लान्टका लागि अझै १६ लाख भारु लाग्ने उनले बताइन् । बालकको अहिले भारतस्थित क्रिश्चियन मेडिकल कलेजमा उपचार भइरहेको उनले सुनाइन् ।
बालककी आमा राधादेवीको नाममा रहेको विराटनगरको सिदार्थ बैंकको खाता नम्बर ००७२०८०९२०० मार्फत सहयोग गर्न सकिने लक्ष्मीले बताइन् ।