खबर पूर्वाञ्चल
प्रदेश आफैँसँग १० औं, ९ औं र ८ औं तहका योग्य जनशक्ति हुँदाहुँदै पनि अस्पतालहरूको नेतृत्वमा संघीय सरकारका चिकित्सकहरूलाई ‘हालिमुहाली’ गर्न दिएको भन्दै प्रादेशिक चिकित्सकहरूले सामूहिक राजीनामा र सेवा नै ठप्प पार्ने कडा चेतावनी दिएका छन् ।
कोशी प्रदेश प्रादेशिक चिकित्सक समूहले स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेमार्फत प्रदेश सरकारलाई अन्तिम अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । माग पूरा नभए जुनसुकै बेला सामूहिक रूपमा सेवा बहिष्कार गर्ने उनीहरूको तयारी छ । उनीहरुले प्रदेशका ज्येष्ठ र योग्य चिकित्सकलाई तत्काल अस्पतालको प्रमुख (मेसु) को जिम्मेवारी दिनुपर्ने, काजमा खटाइएका संघीय चिकित्सकलाई तत्काल संघीय अस्पताल वा निकायमै फिर्ता पठाउनुपर्ने र प्रदेश स्वास्थ्य ऐनमा अध्ययन विदा, बढुवा र सरुवाका विषयमा संघीय मूल्य र मान्यता अनुसार न्यायोचित व्यवस्था गरिनुपर्ने रहेको छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ जिल्ला अस्पतालहरूको तथ्याङ्क हेर्ने हो भने प्रदेश सरकार आफ्नै कर्मचारीप्रति कति अनुदार छ भन्ने प्रष्ट हुन्छ । १५ मध्ये ९ वटा अस्पतालमा संघका चिकित्सकले मेसुको कुर्सी ओगटेका छन् भने प्रदेशका चिकित्सकले जम्मा ६ वटा अस्पतालमा मात्र नेतृत्व पाएका छन् ।
हाल प्रदेशमा १० औं तहका २ जना र ९ औं तहका १० जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । तर, ९ औं तहका डा. अमरेश कुसुहा, डा. सुभाष अधिकारी, डा. एलिजा गौतम, डा. आस्था सुब्बा, डा. विद्या भुषाल र डा. आकाश कोइराला जस्ता अनुभवी चिकित्सकलाई पाखा लगाएर संघबाट काजमा आएका कनिष्ठ वा समान तहका व्यक्तिलाई मेसु बनाइएको समूहको आरोप छ ।
‘