खबर पूर्वाञ्चल

कार्यक्रमा स्कुलका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाकी नराखेको बताए । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापसँगै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालय अगाडी बढेको प्रिन्सिपल कार्कीले बताए ।

कार्यक्रमको दोस्रो दिन शुक्रबार कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागि हुने स्कुलले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित पहिलो दिनको कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन गिरी प्रमुख अतिथि रहेका छन् । कार्यक्रममा शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।