खबर पूर्वाञ्चल
सरकारले २०८२ असोज १० गतेदेखि मंसिर ५ गतेसम्म खोलेको मतदाता नामावली दर्ता कार्यक्रममा ४३ हजार ८ सय ३५ जनाले नयाँ आवेदन दिएका कारण मतदाता संख्या उल्लेख्य रूपमा बढेको हो।
कोशी प्रदेशका निर्वाचन अधिकारी चोलाराज दंगालका अनुसार सो अवधिमा मोरङका विभिन्न क्षेत्रबाट नयाँ मतदाता आवेदन व्यापक रूपमा आएका छन्। दर्ता भएका आवेदनमध्ये १६ हजार ४ सय ८ जनाले कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट प्रत्यक्ष रूपमा आवेदन दिए। त्यस्तै, २७ हजार ४ सय २७ जनाले राष्ट्रिय परिचय पत्रको आधारमा घरमै बसेर अनलाइनमार्फत आवेदन दिएका छन्।
जेन्जी आन्दोलनपछि प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा बनेको चुनावी सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने मिति तोकेको छ। आगामी चुनावलाई लक्षित गर्दै सरकारले उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा समावेश गराउन देशभर मतदाता आवेदन फारमको आव्हान गरेको थियो। मोरङमा प्राप्त नयाँ आवेदनले जिल्लाको मतदाता संख्या नयाँ उचाइमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ।