AArya
RUMPUM
animated ellipse animated ellipse

अनेक चुनौतीका बाबजुद विराट गोल्डकप नाफामा, तर भविष्य अनिश्चित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ कार्तिक २०८२, बिहीबार १८:३०
81
Shares
विराटनगर / विराटनगरको प्रतिष्ठित फुटबल प्रतियोगिता, विराट गोल्डकप, गत वर्ष विभिन्न चुनौतीका बीच पनि नाफामा सञ्चालन भएको छ।

प्रतियोगिता सम्पन्न भएको नौ महिनापछि आर्थिक विवरण सार्वजनिक गर्दै आयोजकले २ लाख ९४ हजार ३७४ नाफा भएको जानकारी दिएको हो।
यद्यपि, सरकारी असहयोग, निजी क्षेत्रको घट्दो चासो र निःशुल्क पास वितरणको चर्को दबाबका कारण प्रतियोगिताको भविष्य भने अनिश्चित बनेको छ।

आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक नविन रिजालले गत वर्षको प्रतियोगितामा कुल १ करोड ७ लाख रुपैयाँ खर्च भएको बताए। प्रतियोगिताले प्रायोजकहरूबाट करिब ५० लाख, तीनै तहका सरकारबाट ३४ लाख र टिकट बिक्रीबाट २३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले कोशी प्रदेश सरकारको तत्कालीन मुख्यमन्त्री केदार कार्कीले २५ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिए पनि एक रुपैयाँ पनि नदिँदा संस्था आर्थिक मारमा परेको र पुरानो बक्यौतासमेत तिर्न नसकेको गुनासो गरे। टिकट काटेर खेल हेर्ने संस्कार नबस्दासम्म र सबैले अपनत्व नलिँदासम्म प्रतियोगिता सञ्चालन गर्न कठिन छ,ू उनले भने।

आयोजकका अनुसार फाइनल खेलमा मात्रै १८०० वटा निःशुल्क पास वितरण गर्नुपर्ने बाध्यता थियो, जसले गर्दा टिकट बिक्रीबाट हुने आम्दानी प्रभावित भएको थियो। यही कारणले गर्दा यो वर्ष प्रतियोगिता आयोजना गर्ने वा नगर्ने भन्ने विषयमा ट्रस्टले कुनै निर्णय लिन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर