AArya
RUMPUM
animated ellipse animated ellipse

सडेको अवस्थामा मोरङको बूढीगंगामा युवतीको शव फेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० असार २०८२, सोमबार १८:५३
225
Shares
विराटनगर / सडेको अवस्थामा मोरङको बूढीगंगामा युवतीको शव फेला परेको छ । युवतीको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको छ ।

बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा शनिबार अपरान्ह ४ बजेतिर सडेर दुर्गन्धित भएको नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । यद्यपि, मृतकको पहिचान खुलेको छैन ।अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेको शवको हालसम्म पहिचान हुन नसकेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान तीव्र पारिएको छ ।

‘पहिचानका लागि धेरै प्रयासहरु भइरहेका छन् । विभिन्न कोणबाट अनुसन्धान जारी राखिएको छ । तर, पहिचान भइसकेको छैन । मृत्युको कारण पनि यकिन गर्न गाह्रो परिरहेको छ,’ चुँडालले भनिन् । उनका अनुसार किरा परेर कुहिएको र अनुहार प्रष्टसँग चिन्न सक्ने अवस्था नभएकाले शवको पहिचान गर्न मुस्किल परिरहेको हो ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । प्रहरीले लगाएका कपडाको आधारमा शव महिलाको हो भनेर यकिन गरेको हो । मृतक २० वर्षमुनिको हुनसक्ने प्रहरीले अनुमान छ ।

घटनास्थल र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेजस्तो देखिने प्रहरीको भनाइ छ । ‘शरीरको माथिल्लो भागको भित्री कपडा मात्रै लगाएको अवस्थामा शव फेला परेको थियो । कम्मरदेखि मुनिको भागमा कपडा नै थिएनन् । नग्न अवस्थामा शव भेटिएको हो । घटनास्थलमा मृतकले लगाएका कपडा र चप्पलहरु फेला परेका छन्,’ प्रहरी स्रोतले भन्यो ।

घटनास्थलमा मृतकले लगायतका पाइन्टलगायतका कपडा, चिम्टी र चप्पल खोलेर छेउमा राखेको अवस्थामा फेला परेको थियो । कम्मरदेखि मुनिको बाहिरी तथा भित्री वस्त्रसमेत खोलिएको अवस्थामा थियो ।

प्रहरी स्रोतका अनुसार कपडा र चप्पल हेर्दा मृतक धेरै टाढाको जस्तो लाग्दैन । तर, अहिलेसम्म महिला हराएको भनेर कोही पनि प्रहरीको सम्पर्कमा नआएको डीएसपी चुँडालले बताइन् ।

‘शव धेरै टाढाको युवतीको जस्तो लाग्दैन । कतै डेरा वा कुनै ठाउँमा काम गरेर बस्ने युवती हो कि जस्तो लाग्छ,’ प्रहरी स्रोतले भन्यो, ‘ललाइफकाइ घारीमा लगेर बलात्कारपछि हत्या गरेजस्तो देखिन्छ । तर, घटनाका बारेमा अहिलेसम्म कुनै संकेत मिलेको छैन ।’ बलात्कारपछि हत्या गरेजस्तो देखिए पनि हालसम्म प्राप्त तथ्य र प्रमाणबाट पुष्टि हुन सकिरहेको छैन ।

घटनालाई तथ्य र प्रमाणबाट स्थापित गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ । ‘कुनै पनि घटना यकिन गर्न आवश्यक प्रमाण जुटाउनुपर्ने हुन्छ । प्रमाण संकलन गर्दै विभिन्न पाटोबाट अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर