AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले लिए श्रम स्वीकृति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ जेष्ठ २०८२, शुक्रबार १९:१६
99
Shares
विराटनगर / पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिए । नेपालबाट प्रति बर्ष करिब ५ लाख भन्दा बढि श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको उनले बताए । मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारी प्रति आकर्षित देखिएको राउतको भनाई छ ।

नेपालबाट श्रम स्वीकृत लिएर बैदेशिक रोजगारमा जानेको संख्या हाल सम्म ८२ लाख नाघिसकेको छ । दैनिक सरदर २ हजार बढी वैदेशिक रोजगार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । सुरक्षित आप्रवासन कार्यक्रमबारे आज विराटनगरमा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक राउतले वैदेशिक रोजगारमा जाने संख्याको करिब २१.८२ प्रतिशत संख्या कोशी प्रदेशबाट रहेको बताए । उनका अनुसार मोरङबाट मात्रै गत वर्ष ३१ हजार ९७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् । जसमा पुरुष २६ हजार ५८८ र महिला ४ हजार ५०९ जना छन् ।

मोरङबाट चालु आर्थिक वर्षको हाल सम्म २७ हजार ५४० ले श्रम स्वीकृति लिएको कार्यक्रम संयोजक राउतले बताए । राउतका अनुसार पछिल्लो ३ वर्षमा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा गएकाहरु मध्ये ७७४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९–८० मा २९६ जना, आ.व. २०८०–०८१ म ३२३ जना आ.व. २०८१–०८२ को पुस सम्म १५५ जनाको मृत्यु भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर