AArya
RUMPUM
animated ellipse animated ellipse

ताल क्षेत्रको विकासबाट पर्यटकको चहलपहल वृद्धिले  यहाँका जनताकाले आर्थिक विकासमा सहयोग पुग्ने –अध्यक्ष प्रचण्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०८१, बिहीबार १७:४५
81
Shares
विराटनगर/ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकमा रहेका ऐतिहासिक र पौराणीक महत्वपूर्णस्थलको विकास एवं संरक्षण गर्ने बताएका छन् ।
सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ स्थित  बर्जुताल सिमसार विकास तथा संरक्षण समितिद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले जनतासँग माओवादी तराई मधेश जनजागरण अभियानले  मुलुकका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक स्थलको अवलोकन गरी त्यसको विकास एवं प्रवद्र्धन गरी  स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्नु मुख्य उद्देश्य रहेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अभियान अन्तर्गत झापाको किचकवधलगायतका अन्य क्षेत्र, मोरङको कानेपोखरी क्षेत्र वरिपरीक्षेत्रको ऐतिहासिक स्थलको विकासको कार्यसुचि समेत निर्माण गरेको जानकारी दिए । उनले आफु गणतन्त्र नेपालको पहिलो पटक प्रधानमन्त्री हुँदा यस तालको विकासका लागि केही रकम छुट्याएको स्मरण समेत गरे ।
अध्यक्ष दाहालले यस तालको संरक्षण थप भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोगको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त्त गर्दै ताल क्षेत्रको विकासबाट यस पर्यटकको चहलपहल वृद्धिले  यहाँका जनताकाले आर्थिक विकासमा सहयोग पु¥याउने बताए ।
सो अवसरमा अध्यक्ष प्रचण्डल ताल सरक्षण समितिका अध्यक्ष बिलटसिंह श्रेष्ठले तालको विकासका लागि एक ज्ञापनपत्र वुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर