खबर पूर्वाञ्चल
प्याव्सन मोरङका सचिव जगतवहादुर बस्नेत र उपाध्यक्ष सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् ।
अध्यक्षका उम्मेदवार बस्नेतलाई प्याब्सनका कोशीका अध्यक्ष टिकाराम ढकाल र उपाध्यक्ष अर्जुन बस्नेतलगायतका केन्द्रीय नेताहरु तथा शिक्षकहरुको साथ रहेको छ भने सुवेदीलाई मोरङका केही नेतालगायत शिक्षकहरुको सहयोग छ ।
आज भएको मनोनय दर्तामा सुवेदीको समूहबाट वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी, उपाध्यक्षमा भुपाल बस्नेत, सचिवमा देवि सिटौला, कोषाध्यक्षमा नगेन्द्रप्रसाद ढकाल (बिकेक), सहसचिवमा दिपेन्द्र राई , सहकोषाध्यक्षमा केदार पौडेल रहेका छन् ।
त्यसैगरी बस्नेतको समूहबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्र कडेल, उपाध्यक्षमा विष्णु डंगोल, सचिवमा विकर्ण कार्की, कोषाध्यक्षमा मणीराज भट्टराई, सहसचिवमा मनोज रेग्मी र सह कोषाध्यक्षमा जितेन्द्रकुमार दासले उम्मेदवारी दिएका छन् ।
भुगोल सदस्यमा हिराबहादुर मगर र अमिस रेग्मीले उम्मेदवारी दिएका छन् । त्यसैगरी भुगोलतर्फको सदस्यहरुमा जिवन खनाल, नेत्रप्रसाद गड्तौला, खड्गबहादुर श्रेष्ठ, हेमराज भण्डारी, गोपालप्रसाद पाठक, तिलक राई, प्रकाश भट्टराईको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरुमा महेन्द्र मण्डल, नन्दलाल मण्डल, दिपकप्रसाद घिमिरे, तेजबहादुर खत्रि, राजन लम्साल, रुद थापा, इन्द्रकुमार राई, मात्रिकाप्रसाद खतिवडा, कसराज राजवंशीको उम्मेदवारी परेको छ ।
महाधिवेशन प्रतिनिधीहरुमा दुर्गाप्रसाद घिमिरे, नवराज दवाडी, चण्डीप्रसाद रेग्मी, अजितकुमार भट्टराई, दिनेश पोखरेल, रामबहादुर महत, मोहनचन्द्र बस्नेत, सुवास पौडेल, गोविन्दबहादुर कार्की, कुलप्रसाद न्यौपाने, सुरेन्द्र लिम्बु, ढुण्डराज भट्टराई, नवलकिशोर खनाल, नन्दकुमार न्यौपाने, निरुप ढकालको उम्मेदवारी रहेको छ ।
बस्नेत समूहको वरिष्ठ उपाध्यक्ष विरुद्ध उजुरी
प्याब्सन मोरङको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उपेन्द्र कडेल विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । प्याब्सन निजी विद्यालयका संचालकहरु सदस्य आवद्ध रहन्छन् । कडेल मोरङको पथरीस्थित भुपु सैनीक आवसीय विद्यालयमा आवद्ध रहेका छन् । उनी आवद्ध भएको विद्यालय गुठीद्धारा संचालित विद्यालय हो । तर, सो विद्यालयको गुठीको प्रमाणपत्र नभएको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो । गुठीद्धार संचालित विद्यालयको प्रमाणपत्र नभएकोले उनको उम्मेदवारी खारेजी हुनुपर्ने माग राख्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ । उजुरी उपर मंगलबार छलफल हुने बताइएको छ ।